आईतवार, असार १४,२०८३ 08:16:19
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:16:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण ४४.६२% ले वृद्धि, बैंक वित्तीय संस्था तथा बीमा कम्पनीको हिस्सा बढी

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पूँजीकरण ४४.६२% ले वृद्धि, बैंक वित्तीय संस्था तथा बीमा कम्पनीको हिस्सा बढी

काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण ४४.६२ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।  

गत वर्षको यसै अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार नेप्से सूचकाङ्क गत वर्षको तुलनामा ३४.४८ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको मंसिर महिनासम्म १९९४.६० विन्दुमा रहेको नेप्से सूचकाङ्क यस वर्षको सोही अवधिसम्म २६८२.२९ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

२०८१ मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.