आईतवार, कार्तिक १,२०८३ 03:45:43
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:45:43
Bizshala
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण ४३.६१ खर्ब पुग्यो, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५९.२%

Bizshala
धितोपत्र बजार पूँजीकरण ४३.६१ खर्ब पुग्यो, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५९.२%
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको ३ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको असोज मसान्तमा बजार पुँजीकरण रु.२८ खर्ब ६१ अर्ब ५२ करोड रहेको थियो ।

चालु आवको असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६३ रहेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य रु.८३२ अर्ब ९ करोड रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु.३ अर्ब ४३ करोड बराबरको बोनस सेयर, रु.१ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र रु.४७ लाख बराबरको एफपीओ गरी कुल रु.५ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब ६ करोड बराबरको हकप्रद शेयर र रु.७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.