बिहीबार, श्रावण १,२०८२ 10:47:04
  • बिहीबार, श्रावण १,२०८२ 10:47:04
Global IME Bank Limited

पूँजीकरणमा नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति एकै दिन १.२७ खर्बले बढ्यो

Hyundai Nepal
पूँजीकरणमा नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति एकै दिन १.२७ खर्बले बढ्यो
Shivam Cement

काठमाण्डौ । पछिल्लोपटक नयाँ मौद्रिक नीति आएपछि सेयर बजारमा लगानीकर्ताहरुमाझ नयाँ उमंग छाएको छ । मौद्रिक नीति आएसँगै साइडवेज चलिरहेको बजारले गति लिन थालेको छ ।  

सिजनल रुपमा पनि प्रायः साउन–भदौ भनेको सेयर बजारको लागि उत्तम समय नै हो । यहि बीचमा मौद्रिक नीतिले बजारलाई सपोर्ट गर्दा बजारमा नयाँ उत्साह छाएको छ ।  

Muktinath Bikas Bank Limited

नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नै बजार पूँजीकरणमा नेप्सेले नयाँ रेर्कड बनाएको छ । अघिल्लो वर्षको अगष्ट १५ मा बजार ३ हजारको विन्दुमा पुग्दा बजार पूँजीकरण हालसम्मकै उच्च ४७ खर्ब ६५ अर्ब पुगेको थियो । त्यसपछि घटेको बजारमा बजार पूँजीकरण पनि घट्दै गएको थियो ।  

तर आज नेप्सेमा करिब ७६ अंकले सुधार आउदा बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ । अघिल्लो दिन यस्तो बजार पूँजीकरण ४६ खर्व ५६ अर्ब रहेको थियो । यस हिसाबले एकै दिन लगानीकर्ताहरुको सम्पति १ खर्ब २७ अर्बले बढेको छ ।  

आजको कारोबारमा २४० कम्पनीको सेयर मुल्य बढेको छ भने ९ वटाको मात्रै घटेको छ । आगामी कारोबारमा बजार पूँजीकरण सँगै सूचकले पनि नयाँ–नयाँ रेकर्ड बनाउँदै जाने बजार जानकारहरुको मत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X