बुधबार, श्रावण ६,२०८३ 06:05:05
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:05:05
Bizshala
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब पुग्यो, बैंक तथा वित्तीय संस्थाको हिस्सा सर्वाधिक

धितोपत्र बजार पूँजीकरण ४३.५८ खर्ब पुग्यो, बैंक तथा वित्तीय संस्थाको हिस्सा सर्वाधिक
New Office

काठमाण्डौ । २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पँुजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रहेको थियो ।  

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा २१ अर्ब ८ करोड बराबरको बोनस सेयर, रु.२० अर्ब ३८ करोड बराबरको साधारण सेयर, रु.११ अर्ब ६५ करोडबराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड बराबरको हकप्रद सेयर, रु.११ अर्ब ८० करोडबराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब २४ करोड बराबरको साधारण सेयर गरी कुल रु.३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।  

यस्तै २०८२ वैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८१ वैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.