आईतवार, असार १४,२०८३ 08:10:54
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:10:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण १९.२५%ले वृद्धि, बैंक र बीमा कम्पनीको हिस्सा ५८.४%

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पूँजीकरण १९.२५%ले वृद्धि, बैंक र बीमा कम्पनीको हिस्सा ५८.४%

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण १९.२५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म धितोपत्र बजार पूँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । यो रकम गत वर्षको यस अवधिसम्मको तुलनामा १९.२५ प्रतिशतले बढी हो । 

२०८० वैशाख मसान्तसम्म धितोपत्र बजार पूँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाा कायम थियो । २०८० बैशाख मसान्तमा १८२१.६५ रहेको नेप्से सूचकाङ्क २०८१ बैशाख मसान्तमा १९९८.८९ कायम भएको छ । २०८१ बैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २५३ रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको चुक्तापुँजी बढी भएकाले पनि पुँजीकरण हिस्सा बढी देखिएको हो । त्यसैगरी, जलविद्युत ्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ । २०८१ बैशाख मसान्तमा नेप्सेमा सूचीकृत ८ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २० अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.