बिहीबार, असार १२,२०८२ 03:57:15
  • बिहीबार, असार १२,२०८२ 03:57:15
Global IME Bank Limited

सेयरबजारका ठूला कम्पनीमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स, कति छ बजार हिस्सा ?

Hyundai Nepal
सेयरबजारका ठूला कम्पनीमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स, कति छ बजार हिस्सा ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा धेरै हिस्सा भएका कम्पनी सेयरबजारका ठूला कम्पनी हुन् । बजारमा ठूला कम्पनीको सेयरभाउ घटबढ हुँदा नेप्से परिसूचक नै तलमाथि हुन सक्ने सम्भावना रहन्छ । यसकारण बजारमा ठूला हिस्सा भएका कम्पनीको कारोबारले विशेष महत्व राख्ने गर्दछ ।  

पूँजीकृत रकम धेरै भएका कम्पनी नै बजारका ठूला कम्पनी हुन् । त्यस्ता कम्पनीको सेयरभाउ सामान्य बढेपनि कुल पूँजीकरण बढ्न टेवा पुग्दछ ।  

कुल सूचीकृत सेयर संख्याको कुल मूल्य नै पूँजीकृत रकम हो । यसर्थमा दोस्रो बजारमा धेरै पूँजीकरण बढ्न सूचीकृत कम्पनीको सेयर संख्या बढी भएमा र त्यस्ता कम्पनीको मूल्य बढेमा बजार पूँजीकरण बढ्न जान्छ ।  

पूँजीकरणको आधारमा सेयरबजारमा १० ठूला कम्पनीको सूचीमा दुई पुनर्बीमा कम्पनी पनि छन् । नेपाल पुनर्बीमा कम्पनी दोस्रो नम्बरमा छ भने हिमालयन रि इन्स्योरेन्स छैठौं नम्बरमा छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यी दुई कम्पनीको सूचीकृत सेयर संख्या बढी भएसँगै पछिल्लो समय सेयरमूल्य पनि बढ्दै जाँदा बजार पूँजीकरणमा हिस्सा थपिएको हो । केही दिनयता हिमालयन रि र नेपाल रि को सेयर कारोबार पनि बढ्दै गएको छ । नेप्सेको फ्लोरसिटमा दैनिक यी दुई कम्पनीको सेयरकारोबार उच्च देखिन्छ । बजारमा यी दुई कम्पनीमा लगानीकर्ताको आकर्षण पनि अत्यधिक देखिएको छ ।  

पूँजीकरणको आधारमा अहिले सेयरबजारमा सबैभन्दा ठूलो कम्पनी भने विशाल बजार कम्पनी हो । यो कम्पनीको कुल पूँजीकरणमा ४.७५ प्रतिशत हिस्सा रहेको छ । उक्त कम्पनीको बजार पूँजीकरण २ खर्ब २२ अर्ब भन्दा बढी छ ।  

त्यस्तै, दोस्रो ठूलो कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । यो कम्पनीको कुल पूँजीकरणमा ३.८७ प्रतिशत हिस्सा छ । नेपाल रि को बजार पूँजीकरण १ खर्ब ८१ अर्ब भन्दा बढी छ ।  

पछिल्लो समय नेपाल रि इन्स्योरेन्सको दोस्रो बजारमा निकै चर्चा छ । केहीदिन यता यो कम्पनीको सेयरभाउ ह्वात्तै बढेकाले धितोपत्र बजार पूँजीकरणमा हिस्सा पनि बढ्दै गएको छ ।  

त्यस्तै, एक वर्षअघि बजारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा गनिने नेपाल टेलिकम अहिले तेस्रो नम्बरमा रहेको छ । कम्पनीको बजार पूँजीकरण हिस्सा ३.५७ प्रतिशत रहेको छ । यो कम्पनीको १ खर्ब ६७ अर्ब रुपैयाँ भन्दा बढी बजार पूँजीकरण रहेको छ ।  

नबिल बैंक र नागरिक लगानी कोष पनि बजारका १० ठूला कम्पनीभित्र पर्दछन् । नबिल बैंकको बजार पूँजीकरण हिस्सा २.८८ प्रतिशत र नागरिक लगानी कोषको २.८५ प्रतिशत छ ।  

यता हिमालयन रि इन्स्योरेन्स छैठौं नम्बरमा रहेको छ । कम्पनीको बजार पूँजीकरण हिस्सा २.३८ प्रतिशत रहेको छ । यो कम्पनीको बजार पूँजीकरण १ खर्ब ११ अर्ब रुपैयाँ छ ।  

त्यस्तै, ग्लोबल आइएमई बैंकको १.९० प्रतिशत, एभरेष्ट बैंकको १.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.६२ प्रतिशत र नेपाल लाइफको १.५८ प्रतिशत हिस्सा छ ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.