आईतवार, कार्तिक १,२०८३ 03:44:29
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:44:29
Bizshala
Global IME Bank Limited

सेयरबजार २७.८२% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४४.५८ खर्ब

Bizshala
सेयरबजार २७.८२% ले बढ्यो, धितोपत्र बजार पूँजीकरण रु.४४.५८ खर्ब
New Office

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३४.९९ प्रतिशतले बढेको छ । चालु आवको ७ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।  

गत आवको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड रुपैयाँ थियो । नेप्सेमा सूचीकृत सेयर संख्या थपिनु सूचीकृत कम्पनीको सेयरभाउ बढ्दै जाँदा गत आवको तुलनामा बजार पूँजीकरण वृद्धि भएको हो ।  

२०८० माघ मसान्तमा २१०१.१६ रहेको नेप्से सूचकाङ्क २०८१ माघ मसान्तमा २६८५.७३ कायम भएको छ । यो हिसाबमा सेयरबजार  गत वर्षको तुलनामा २७.८२ प्रतिशतले बृद्धि भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सो अवधिसम्म नेपाल नेप्सेमाा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० माघमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५३.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १६.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९ प्रतिशत रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.