आईतवार, असार ८,२०८२ 04:14:15
  • आईतवार, असार ८,२०८२ 04:14:15
Global IME Bank Limited

हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी

Hyundai Nepal
हिमालयन रिले ८ दिनमै बनायो नयाँ रेकर्ड, बन्यो सातौं ठूलो कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । सूचीकृत भएको छोटो समयमै हिमालयन रि इन्स्योरेन्स लिमीटेड दोश्रो बजारमा ठूला कम्पनीको सूचीमा पर्न सफल भएको छ ।  

हिमालयन रि इन्स्योरेन्स बजार पूँजीकरणका हिसाबले नेप्सेको सातौं सबैभन्दा ठूलो कम्पनी बनेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

प्रिमियमा साधारण सेयरको प्राथमिक निश्कासन गरेको यो कम्पनी दोश्रो बजारमा सूचीकरण भएसँगै रकेटको गतिमा अगाडि बढेको छ । कारोबार सुरु भएदेखि नै कम्पनीको मूल्यमा लगातारजसो पोजिटिभ सर्किट लागिरहेको छ । कुल २ करोड ४९ लाख कित्ता आईपीओ बजारमा सूचीकृत भएर मूल्य समेत अनपेक्षित रुपमा बढेपछि बजार पूँजीकरणका हिसाबले कम्पनी छोटो समयमै लिडरहरुको सूचीमा पर्न सफल देखिएको हो । कम्पनीको सुरुवाती कारोबार मूल्य ने प्रतिकित्ता ३०९.२० रुपैयाँ रहेको थियो ।  

नेप्सेमा कम्पनीका कुल १० करोड कित्ता सेयर सूचीकृत छ । कम्पनीको मूल्य ८ कारोबार दिनको अवधिमा प्रतिकित्ता ६६१ रुपैयाँभन्दा माथि पुगिसकेको छ ।  

कम्पनीले ८ दिनको कारोबार अवधिमा आफ्नो बजार पूँजीकरणको आकार ६५ अर्ब ३ करोड पुगेको छ । यो भनेको दोश्रो बजारमा बजार पूँजीकरणको हिसाबले सातौं स्थान हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.