मंगलवार, असार ३१,२०८२ 11:56:55
  • मंगलवार, असार ३१,२०८२ 11:56:55
Global IME Bank Limited

हिम स्टार उर्जाको आइपीओ बाँडफाँड भोलि, १९ लाख बढीको हात खाली हुने पक्का

Hyundai Nepal
हिम स्टार उर्जाको आइपीओ बाँडफाँड भोलि, १९ लाख बढीको हात खाली हुने पक्का
Shivam Cement

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओ बुधबार ३ बजे बाँडफाँड हुनेछ ।  

कम्पनीले असार २४ गतेदेखि  असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओमा अन्तिमदिनसम्म ३०।१६ गुणा बढी आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १९ लाख ९७ हजार २४२ जनाले आवेदन दिएका हुन् ।  

कम्पनीको आईपीओमा २ अर्ब ३३ करोड ४७ लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४७ हजार ३३० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा ३० गुणा बढी आवेदन हो ।  

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । आवेदन दिएका कुल आवेदकमध्ये ७७ हजार ३९७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । यसर्थमा १९ लाख १९ हजार भन्दा बढीको हात खाली हुनेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.