काठमाण्डौ । आज बजार करिब ३५ अंकले बढेर बन्द भयो । आजको कारोबारमा दिनभर नै बजार बढेर बन्द भयो भने अन्तिम प्रहरमा बजारमा खरिद दबाब पर्दा कारोबार र सूचक दुबै बढ्यो ।
प्राविधिक रुपमा आजको बजारलाई डेलीबेसमा नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको देखिन्छ । यदि तल माथि धागो बिनाको मोडुलो हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु क्याण्डल भनिन्छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ ।
बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा अपर ब्याण्ड सँगै हिंडेको देखिन्छ । म्याक्डीमा यस अघिनै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । मनी फ्लो इन्डेक्सबाट हालको बजारलाई नियाल्दा हाल ६६ को तहमा बजार अप ट्रेन्डमा चलेको देखिन्छ । बढ्दो बजारमा यस्तो विन्दु सयसम्म पुग्न सक्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा चलेको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा बजार पछिल्लो ४ कारोबारदेखि २० दिनेको औषत कारोबार भन्दा माथि चलेको देखिन्छ । यसले बजार मजबुत रहेको बुझिन्छ । मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने तथा २०० दिने मुभिङ एभरेजबाट माथ नै चलेको देखिन्छ । यस हिसाबले बजारले बिस्तारै अप ट्रेन्ड लिँदै गरको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।