बुधबार, श्रावण ६,२०८३ 06:04:42
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:04:42
Bizshala
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण १७.८०% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.७ %

धितोपत्र बजार पूँजीकरण १७.८०% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.७ %
New Office

काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण ३३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।  

गत आवको यसै अवधिसम्मको तुलनामा धितोपत्र बजार पुँजीकरण १७.८० प्रतिशतले बृद्धि भएको छ । गत आवको फागुन महिनासम्म धितोपत्र बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।  

चालु आवमा नेप्सेमा रहेका अन्य समूहतर्फका नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रि इन्स्योरन्स कम्पनी जस्ता ठूला कम्पनीहरु नेप्सेमा सूचीकृत भएकाले धितोपत्र बजार पुँजीकरण बृद्धि हुन पुगेको हो ।  

साथै २०८० फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से_मा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २४५ रहेको थियो ।  

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ ।  

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.३ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

फागुन मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब २२ करोड सेयरको चुक्तामूल्य ८ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.