शनिबार, असार १४,२०८२ 01:15:49
  • शनिबार, असार १४,२०८२ 01:15:49
Global IME Bank Limited

बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताकै उच्च विन्दु नजिक, लगानी उठ्ने सम्भावना कति ?

Hyundai Nepal
बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताकै उच्च विन्दु नजिक, लगानी उठ्ने सम्भावना कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन, १२ निर्जीवन र दुई पुनर्बीमा कम्पनी रहेका छन् ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुई पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्स भने अन्य समूहमा रहेको छ ।  

पछिल्लो समय सेयरबजारमा रौनक छाउन थालेको छ । नेप्से परिसूचक २९ महिनापछि फेरी २५ सयको विन्दुमाथि उक्लिएको छ । बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् । सेयरबजारमा ठूलो रकम भित्रिएको छ ।  

सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै २५ हप्ताकै हाई लेभलमा पुग्न लागेको छ । २०७८ साल भदौ महिनामा नेप्से परिसूचक ३२ सयको विन्दुमा पुगेको थियो । त्यो समयमा लगानी गर्न सेयरबजार छिरेका अधिकांश लगानीकर्ताहरु फसेका छन् ।  

नेप्से इन्डेक्स ३२ सयको विन्दुमा पुग्दा अधिकांश कम्पनीको सेयरभाउ समेत हाइ मूल्यमा पुगेको थियो । त्यसयता बजारमा वियरीस ट्रेन्ड सुरु भएलगत्तै अधिकांश लगानीकर्ताको लगानी बजारमा फसेको थियो ।  

दुई वर्षपछि मार्केटमा फेरी बुलिस ट्रेन्ड आएको छ । लगानीकर्ताहरुमा उत्साह थपिएको छ । त्यो समयमा आफ्नो लगानी फसेका लगानीकर्ताहरुले लगानी उठाउन थालेका छन् । मुख्यतः बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा लगानी गरेकाहरुको रकम फसेको थियो । बीमा कम्पनीका सेयरभाउ अहिलेको बुलिस टे«न्डपछि ५२ हप्ताकै उच्च भाउमा करिब करिब पुग्न थालेको छ ।  

जीवन बीमा भन्दा पनि निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताको हाई विन्दुमा पुग्न थालिसकेको छ । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले लगभग आफ्नो लगानी उठाइसकेका छन् । बजार जानकारहरुका अनुसार सेयरबजारमा जीवन भन्दा निर्जीवन बीमा कम्पनीहरुमा बढी लगानीकर्ताको आकर्षण छ ।

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो समय बजारमा लो क्याप भएका कम्पनीहरु बढी चल्ने गरेका छन् । यसर्थ पनि जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी न्यून छ । लगानीकर्ताहरुले लो क्याप भएका कम्पनी चलाउँदा निर्जीवन बीमा कम्पनीहरु रोजाईमा पर्नु स्वभाविक हो । चुक्तापुँजी थोरै भएका कारण पनि जीवन बीमाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढी छ ।  

नेप्सेको फ्लोरसिटअनुसार निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ विगत ५२ हप्ताको हाई सेयरमूल्य नजिक पुगेको छ । नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमाको सेयरभाउ ५२ हप्ताको हाई नजिकै देखिदा त्यो समय लगानी डुबेका लगानीकर्ताको लगानी उठ्ने निश्चित छ ।  

निर्जीवन बीमा कम्पनीहरुमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अन्तिम सेयरभाउ ५२ हप्ताकै हाई मूल्यमा पुगिसकेको छ । नेप्से उच्च विन्दुमा पुग्दा कायम गरेको कम्पनीको सेयरभाउ ६१९.८० रुपैयाँ आजको अन्तिम मूल्य पनि यहि मूल्य कायम भएको छ ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सेयरभाउ रहेको राष्ट्रिय बीमा कम्पनीको पनि करिब करिब ५२ हप्ताकै हाई मूल्यमा पुग्न लागेको छ । यता सेयरबजारमा चर्चामा आउने नेपाल इन्स्योरेन्सको सेयरभाउ पनि ५२ हप्ताकै हाई मूल्यमा पुग्न ४.२० प्रतिशत मात्रै बढ्न बाँकी छ ।  

जीवन बीमा कम्पनीहरुमा भने सिटिजन लाइफको सेयरभाउ करिब ५२ हप्ताकै हाई मूल्यमा पुगिसकेको छ । हाई मूल्यमा पुगेको कम्पनीको सेयरभाउ ६०० थियो भने अन्तिम सेयरभाउ भने ५९९ रुपैयाँ रहेको छ । यसर्थमा पनि त्यो सिटिजन लाइफमा लगानी गरेका लगानीकर्ताको लगानीले रिटर्न पाउने बढी सम्भावना छ ।  

पछिल्लो केही दिनयता बजारले बुलिस ट्रेन्ड समातेको छ । बजार अझै केही दिन बढ्ने हो भने अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताको हाई मूल्यमै पुग्ने देखिन्छ । साथै बजारले यसरी नै लय समात्ने हो भने लगानीकर्ताहरुले यसअघि गरेको लगानी उठ्ने सम्भावना बढी देखिन्छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.