IME remit
  • शुक्रबार, आश्विन ३१,२०८२ 07:37:49
IME remit
Global IME Bank Limited

नेप्सेका अध्यक्ष र सीईओको योग्यतामाथि कर्मचारीले उठाए प्रश्न: छानबिनको माग गर्दै अर्थमा उजुरी

Hyundai Nepal
नेप्सेका अध्यक्ष र सीईओको योग्यतामाथि कर्मचारीले उठाए प्रश्न: छानबिनको माग गर्दै अर्थमा उजुरी
Shivam Cement

काठमाण्डौ । नेप्से कर्मचारी संघले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् ।  

नेप्से कर्मचारी संघले अर्थमन्त्रीलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयमा पठाएको पत्रमा यस्तो आग्रह गरिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

पत्रमा नेप्से प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी मन्त्रिपरिषदको निर्णय विवादित भएको जनाइएको छ । पहिले भएको मन्त्रिपरिषदको निर्णयलाई उल्टाएर चापागाईले नियुक्ति लिएको जनाइएको छ ।  

चुडामणी चापागाईले नियुक्तिका लागि आवेदनका साथ पेश गर्नपर्ने व्यवसायिक योजनान लगायतका आवश्यक कागजातहरु पेश नगरेको, पेश गरेको अनुभव सम्बन्धी कागजातहरु धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ (क) मा भएको व्यवस्था र अर्थ मन्त्रालयबाट मिति २०८१ फागुन १२ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृत सिफारिस सम्बन्धी पदपूर्ति समितिको सूचनामा उल्लेख भएबमोजिमको छनोट मापदण्ड बमोजिम नभएको, कार्यसम्पादन मन्त्रालय र सीईओबीच हुनु पर्ने कार्यसम्पादन सम्झौता नगरेको, हालसम्म सम्झौता बेगर तलव भत्ता तथा अन्य सुविधा लिइरहेको र आईजिन, क्लोजिङ प्राइस लगायत दोस्रो बजारका जल्दाबल्दा समस्या समाधान गर्न नसकेको आरोप लगाइएको छ ।  

यसैगरी, कार्यालयको मुख्य चलानी किताब प्रयोग नगरी नक्कली चलानी किताब खडा गरी कार्यालयको लेटर प्याड र छापको दुरुपयोग गरेको,बिहान सबेरै र राती लुकीलुकी हाजिर गरेको, कार्यालय समयमा अनुपस्थित भएको र प्रि–आईपीओको नाम दिई सर्वसाधारणलाई अनाधिकृत रुपमा सेयर विक्रि गर्ने कार्यमा संलग्न रहेको जनाएएको छ ।  

यस्तै अध्यक्ष हेमन्त बस्याललाई लगाइएको यस्ता छन् आरोपः

१ प्राइभेट कन्सल्टेन्सी बस्याल एन्ड कम्पनी चलाएर बसेको व्यक्ति नेप्सेको अध्यक्ष हुन सक्ने/नसक्ने ?

२. नेप्सेसँग बस्याल एन्ड कम्पनीको पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा स्वार्थ बाझिने गरी नेप्सेको अध्यक्ष पदमा बस्यालले नियुक्ति लिएको ।

३. नेप्सेको सीईओ छनौट प्रक्रियामा उम्मेदबार भइ असफल भएको व्यक्ति त्योभन्दा माथिल्लो पद नेप्से सञ्चालक समितिको अध्यक्ष हुन सक्ने/नसक्ने ?

४. एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृतका रूपमा मासिक ४ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रति बैठक २५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुको नियत के हो ?

५. जेन जी आन्दोलनका कारण देश जलिरहेका बेलामा हतार हतारमा नेप्से अध्यक्षका रुपमा सपथ ग्रहण गर्ने र कार्यकारीको रुपमा प्रस्तुत हुन खोज्नुको कारण के हो ?

६. नेप्से पुर्नसंरचनालाई असफल बनाउन विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लगातार तथ्यहिन भ्रमपूर्ण अभिव्यक्ति दिदै स्वार्थी व्यापारिक समूहको निर्देशन अनुसार परिचालित भएको ।

७. संगठनको अभिन्न अंगको रुपमा रहेका कर्मचारीहरुलाई धम्काउने, कार्यवातावण बिथोल्ने, कर्मचारी विरोधी गतिविधि गरेको ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.