शनिबार, श्रावण २,२०८३ 08:39:51
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:39:51
Bizshala
Global IME Bank Limited

मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचि: नेपाल-रि परेन, सिमेन्टबाट शिवम मात्र, दर्जन बढी बैंक र फाइनान्स आउट

मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचि: नेपाल-रि परेन, सिमेन्टबाट शिवम मात्र, दर्जन बढी बैंक र फाइनान्स आउट
New Office

काठमाण्डौ । ब्रोकरहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने मिति घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि योग्य सूचिकृत कम्पनीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । ।

नेप्सेले मंगलबार साँझ मार्जिन कारोबारका लागि योग्य १२३ वटा कम्पनीको सूचि सार्वजनिक गरेको हो ।  

नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ को दफा ८(१) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुको सूचि सार्वजनिक गरिएको प्रष्टीकरण दिएको छ । 

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनी भन्नाले नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा सूचीकृत, पर्याप्त बजार पूँजीकरण र उच्च तरलता भएको, सर्वसाधारणमा पर्याप्त सेयर वितरण (पब्लिक फ्लोट) रहेको, वित्तीय रूपमा सुदृढ (नाफामा र सकारात्मक नेटवर्थ भएको) तथा नियमित रूपमा वित्तीय विवरण र सूचना सार्वजनिक गर्ने कम्पनीलाई जनाउँछ। यस्ता कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (SEBON) का नियमअनुसार कुनै कारबाही वा विशेष निगरानीमा नपरेका, मूल्यमा अत्यधिक उतारचढाव नभएका र नियामकले तोकेका अन्य सूचकहरू पूरा गरेका हुनुपर्छ, ताकि मार्जिन कारोबार सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न सकियोस्।

मार्जिन कारोबारयोग्य कम्पनी भन्नाले त्यस्ता सूचीकृत कम्पनीहरूलाई जनाउँछ जसका सेयरहरूलाई धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण (मार्जिन लोन) लिएर थप सेयर खरिद–बिक्री गर्नसक्ने व्यवस्था हुन्छ। यस्ता कम्पनीहरू सामान्यतया नियामक निकायले तोकेको मापदण्ड पूरा गरेका हुन्छन्। यसले लगानीकर्तालाई सीमित पूँजीमा बढी लगानी गर्न सुविधा दिए पनि जोखिम पनि उच्च हुने भएकाले यस्ता कम्पनीहरूको सूची नियामक निकायले समय–समयमा निर्धारण र परिमार्जन गर्ने गर्दछ।

मंगलबार सार्वजनिक सूचिमा सबै वाणिज्य बैंक परेका छन् । ११ विकास बैंक पर्दा ६ वटा यो सूचिमा परेन । यस्तै, ११ वटा वित्त कम्पनी यो सूचिमा परे पनि ७ वटा परेनन् भने लघुवित्त समूहबाट १७ वटा मात्र कम्पनी, १२ जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी पनि यो सूचिमा परेका छन् ।  

यस्तै, सूचिकृतमध्ये २४ वटा जलविद्युत कम्पनी मात्र मार्जिन कारोबार लागि योग्य मानिएका छन् ।  

यो सूचिमा नेपाल रिइन्स्योरेन्स छैन भने हिमालयन रिइन्स्योरेन्स समेटिएको छ । 

सिमेन्ट कम्पनीबाट शिवम मात्र परेको छ भने हिमालयन डिस्टीलरी, ओरिएन्टल होटल, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल पनि यो सूचिमा परेका छन् ।  

साल्ट ट्रेडिङ कर्पोरेसन, सिईडिबी होल्डिङ्स, नागरिक लगानीकोष, हाथ्वे इन्भेष्टमेन्ट, एचआईडिसीएल, निफ्रा, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड जस्ता कम्पनी पनि सूचिमा परेका छन् ।  

सूचि यस्तो छः

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.