आईतवार, आश्विन ११,२०८३ 10:15:00
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 10:15:00
Bizshala
Global IME Bank Limited

संस्थापक सेयर बिक्रीको १५ दिने पूर्वसूचनामा रविन्द्र भट्टराईको आपत्ति, ‘कारोबारपछि विवरण सार्वजनिक गरौँ’

संस्थापक सेयर बिक्रीको १५ दिने पूर्वसूचनामा रविन्द्र भट्टराईको आपत्ति, ‘कारोबारपछि विवरण सार्वजनिक गरौँ’
New Office

काठमाडौं । संस्थापक वा आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने धितोपत्र बोर्डको व्यवस्थाप्रति सेयर बजारका लेखक तथा विश्लेषक रविन्द्र भट्टराईले असहमति जनाएका छन्। पूर्वसूचनाले वास्तविक कारोबार हुनुअघि नै लगानीकर्ताको प्रतिक्रिया निम्त्याएर माग, आपूर्ति र मूल्य निर्माणमा असर पार्न सक्ने उनको तर्क छ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भट्टराईले बोर्डको निर्णय वा निर्देशन पुनर्विचार गर्नुपर्ने बताएका छन्। पारदर्शिता आवश्यक भए पनि त्यसका लागि बिक्रीअघि सूचना दिने व्यवस्था नै उपयुक्त उपाय हो कि होइन भन्ने प्रश्न उनले उठाएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘यस्तो पूर्वसूचनापछि लगानीकर्ताले वास्तविक कारोबार हुनुअघि नै प्रतिक्रिया जनाउन सक्छन्, जसले स्वाभाविक माग–आपूर्ति र मूल्य निर्माण प्रक्रियामा असर पार्न सक्छ,’ उनले लेखेका छन्।

भट्टराईले विकल्पका रूपमा कम्पनीका प्रमुख पदाधिकारी, सञ्चालक, संस्थापक र आधारभूत सेयरधनीको कारोबार बिक्रीपछि अनिवार्य रूपमा अभिलेख गरी सार्वजनिक गर्ने व्यवस्था सुझाएका छन्। उनका अनुसार सेयर बिक्रीको सेटलमेन्ट भइसकेपछि तीन दिनभित्र सम्बन्धित कम्पनीमार्फत कारोबार विवरण तोकिएको प्रणालीमा अद्यावधिक गरिनुपर्छ। ती विवरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा सबैले सहजै हेर्न पाउनुपर्ने उनको प्रस्ताव छ।

तोकिएको समयमा विवरण अद्यावधिक नगर्ने कम्पनी र जिम्मेवार पक्षमाथि कडा जरिवाना लगाउन सकिने पनि उनले बताएका छन्। यसरी संकलित विवरणका आधारमा ठूला सेयरधनीको बिक्रीअघि र पछिको मूल्य, कारोबार परिमाण तथा कम्पनीको वित्तीय अवस्थामा आएको परिवर्तनसमेत अध्ययन गर्न सकिने उनको भनाइ छ।

भट्टराईका अनुसार यस्तो अभ्यासले लगानीकर्तालाई कसले, कहिले र कति सेयर बेच्यो भन्ने जानकारीसँगै त्यस कारोबारको बजार र कम्पनीको अवस्थासँगको सम्बन्ध विश्लेषण गर्ने आधार दिन्छ। ‘पारदर्शिताको नाममा कारोबार हुनुअघि नै बजारको स्वाभाविक मूल्य निर्माण प्रक्रियालाई प्रभावित गर्नु हुँदैन,’ उनले लेखेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.