काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्ब ८८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाईन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ७४ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.४७ प्रतिशत सेयर खरिद भएको छ भने ४८.५३ प्रतिशत सेयर बिक्री भएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।