सोमबार, भाद्र १,२०८३ 09:43:15
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:43:15
Bizshala
Global IME Bank Limited

एक महिनापछि नेप्सेका कर्मचारीले स्थगित गरे आन्दोलन, सीईओ नियमित काममा फर्किए

Prabhu Bank Limited
एक महिनापछि नेप्सेका कर्मचारीले स्थगित गरे आन्दोलन, सीईओ नियमित काममा फर्किए
New Office

काठमाण्डौ । एक महिनाभन्दा लामो समयदेखि आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले विरोधका कार्यक्रम स्थगित गरेका छन् । बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू विगत ३७ दिनदेखि आन्दोलनमा थिए ।  

कर्मचारीको बोनसको विषयमा श्रम अदालतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि बोलाएसँगै नेप्से कर्मचारी संघले विरोधका कार्यक्रमबाट पछि हट्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयले वार्षिक नाफाबाट नेप्सेका कर्मचारीलाई ५ प्रतिशत बोनस वितरणमा रोक लगाएपछि नेप्सेभित्र विवाद सिर्जना भएको थियो । 

जसपश्चात कर्मचारी श्रम अदालत पुगेका थिए । श्रम अदालतले बोनस छुट्याउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर नेप्से व्यवस्थापन भने श्रम अदालतको उक्त निर्णयलाई अस्विकार गर्दै सर्वोच्च गएको थियो ।  

CG Motors

त्यसपछि कर्मचारी आन्दोलनमा होमिएका थिए ।  

सर्वोच्च अदालतले छलफलका लागि कात्तिक २३ गते दुवै पक्षलाई डाकेको छ ।  

कर्मचारी आन्दोलनबाट पछि हटेपछि नेप्सेका सीईओ चुडामणी चापागाई एक महिनाको अन्तरालपछि बुधबारबाट कार्यालयमा हजिर भएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.