आईतवार, कार्तिक १,२०८३ 01:42:16
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:42:16
Bizshala
Global IME Bank Limited

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द

Bizshala
नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द
New Office

काठमाण्डौ । धितोपत्र बजारको एक नियामक निकाय नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको कारोबारमा खासै वास्ता गर्ने गरेको छैन । अघिल्लो साता नेप्सेले  नयाँ सीइओ चूडामणी चापागाईलाई नियूक्ति गरेको थियो । उनी भर्खर सीइओ नियुक्त भएर आएको कारण धेरै विषय बुझ्दै होलान् । तर उनी दैनिक आउने जाने गेटमा नै लामो समयदेखि सेयरबजारको विषयमा जानकारी दिने डिस्प्ले बन्द रहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो डिस्प्ले तत्कालिन सीईओ कृष्ण बहादुर कार्की हुँदादेखिनै बन्द थियो । यतिमात्रै होइन नयाँ सीइओको कार्यकक्षमा पनि हाल डिस्प्ले बन्द रहेको छ । यसबाट प्रष्ट हुन्छ कि सेयर बजारको विषयमा नेप्से कत्तिको चुस्त छ भन्ने । पूँजीबजारको र नेप्से सूचकको विषयमा जानकारी दिने गरि केही समय पहिले सिंहदरबार अगाडि राष्ट्रिय वाणिज्य बैंकको भवन माथि पनि डिस्प्ले राखिएको थियो । त्यहाँको डिस्प्ले पनि अहिले बन्द अवस्थामा छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यति मात्रै नभएर अहिले नेप्से गेट अगाडिकै डिस्प्ले समेत बन्द रहेको महिनौ भयो ।  नेप्सेले केही वर्ष पहिले राजधानीका विभिन्न मूख्य चोकमा पनि पूँजीबजारको विषयमा जानकारी दिने गरि बोर्ड राख्ने बताएको थियो । तर हाल नेप्सेले आफ्नै कार्यकक्ष र गेटमा डिस्प्ले सुचारु गर्न सकेको छैन ।  

नेप्सेको यो डिस्प्ले २०६४ सालमा हरिबहादूर केसीको भेण्डर कम्पनीले बनाएको नेप्सेका एक अधिकारीले जानकारी दिए । त्यही समयदेखि धेरै जसो समय बिग्रने गरेको यो डिस्प्ले हाल बन्द अवस्थामा छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.