शनिबार, असार २१,२०८२ 11:10:06
  • शनिबार, असार २१,२०८२ 11:10:06
Global IME Bank Limited

साढे दुई घण्टामै १३.३० अर्बको कारोबार, यसअघिको रेकर्ड तोडिएला ?

Hyundai Nepal
साढे दुई घण्टामै १३.३० अर्बको कारोबार, यसअघिको रेकर्ड तोडिएला ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा साढे २ घण्टाको अवधिमा करिब १३ अर्बको कारोबार भएको छ । साढे २ घण्टाको अवधिमा नेप्सेमा आज १३ अर्ब ३० करोडको कारोबार भएको हो ।  

विगत केही दिनदेखि निरन्तर बढीरहेको बजारमा लगानीकर्ताले नाफा बुक बढाएसँगै कारोबार रकममा तीव्र वृद्धि देखिएको हो ।  

यसअघि २०७८ साउन ३१ गते नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको थियो । त्यसदिन २१ अर्ब ६४ कररोड बढीको कारोबार भएको थियो । आज भईरहेको कारोबारले अन्तिम समयसम्म निरन्तरता पायो भने यसअघिको उच्च कारोबारको रेकर्ड तोडिने सम्भावना समेत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बिक्री चाप उच्च देखिएकाले आज नेप्सेमा करेक्सन आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ०.३८ प्रतिशत अर्थात १०.२३ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६७१ विन्दुमा सीमित बनेको छ ।  

आज थ्रिस्टार हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन उछाल आएको बैंकिङ समूहमा यतिबेलासम्म हरियाली नै देखिएको छ । अहिले बैंकिङसहित ५ वटा समूहमा वृद्धि देखिएको छ ।  

आज ७६ कम्पनीको सेयरमूल्य बढ्दा १६२ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज कुमारी बैंकको सर्वाधिक अर्थात ४५ करोड ४५ लाख बढीको कारोबार भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.