सोमबार, श्रावण ११,२०८३ 10:17:37
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:17:37
Bizshala
Global IME Bank Limited

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !
New Office

काठमाण्डौ। अहिले पूँजीबजारमा नेप्सेको सीईओ नियुक्तिको विषय चर्चामा रहेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरेको समचार आएपछि नेप्सेमा पनि यस विषयले दिनभर चर्चा पायो ।  

मंगलबार बिहानै नेपाल स्टक एक्सचेञ्जको गाडी नयाँ सीईओ लिन अर्थमन्त्रालय पुगेको थियो । नयाँ सीईओ आउने भनेपछि नेप्सेका कर्मचारीहरु स्वागतका लागि दिनभर जसो फूल लिएर बसे । तर बेलुका गाडी रित्तै फर्केपछि कर्मचारी जिल्ल परे । नेप्सेका एक कर्मचारीले भने ‘ दिनभर फूल लिएर बस्यो, फूल ओईलायो तर नयाँ सीईओ भने आएनन् ’।  

स्रोतले दिएको जानकारीअनुसार उता चर्चामा रहेका नारद लुइँटेल पनि मंगलबार बिहानै अर्थ मन्त्रालयमा पुगेका थिए । उनी दिनभर जसो अर्थ मन्त्रालयमा तनाबपूर्ण अवस्थामा बसेको स्रोतले बतायो । स्रोतका अनुसार उनले केही समय अर्थमन्त्रीलाई पनि भेटेका थिए । अर्थमन्त्रीसँग के विषयमा छलफल भयो भन्ने विषय भन्ने कुरा बाहिर आएको छैन ।  

पछिल्लो पटक नेप्सेको सीईओ नियुक्तिको विषय निकै पेचिलो बन्दै गएको छ । नेप्सेको सीईओ बनाउन विभिन्न शक्ति केन्द्र सिधै प्रधानमन्त्री कार्यलय पुगेको स्रोतले बतायो । स्रोतका अनुसार नेप्सको सीईओको लागि पनि ठूलै चलखेल सूरु भएको हुन सक्ने बजारमा चर्चा चलको छ ।

नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।  

अन्तर्वार्तापश्चात मन्त्रीपरिषदमा ३ जनाको नाम सिफारिस गर्नु पर्नेमा कस–कसको नाम सिफारिस भयो भन्ने बारे केही पनि जानकारी बाहिरिएको छैन ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.