शनिबार, श्रावण ३०,२०८३ 08:09:32
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:09:32
Bizshala
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

Prabhu Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.९२ अंकले घटेर २हजार ०६७ विन्दुमा झरेको छ ।  

नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ४ अर्ब १८ करोडमा सीमित भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये वित्त उपसूचकबाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् ।  

CG Motors

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १।२७ प्रतिशत र निर्जीवन बीमा समूह १.१५ प्रतिशतले घटेको छ ।  

बीमा समूहहरु घट्दा आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा दुई पुनर्बीमा कम्पनी छन् ।  

नेपाल पुनर्बीमा कम्पनीको २.९५ प्रतिशतले घटेर ७९२ रुपैयाँ कायम भएको छ, भने हिमालयन रि इन्स्योरेन्सको २.७३ प्रतिशतले घटेर ६९५ रुपैयाँ कायम भएको छ ।  

जीवन बीमातर्फ गुमाउने  

जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक गुमाउने कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५६ प्रतिशतले घटेर ४५७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २.४२ प्रतिशत, आइएमई लाइफको २.१४ प्रतिशत, हिमालयन लाइफको १.५८ प्रतिशत, एलआईसी नेपालको १.५३ प्रतिशत, नेशनल लाइफको १.२० प्रतिशत, नेपाल लाइफको ०.९९ प्रतिशत, सुर्यज्योति लाइफको ०.७६ प्रतिशत र सिटिजन लाइफको ०.७१ प्रतिशतले सेयरभाउ घटेको छ ।  

निर्जीवन बीमातर्फ गुमाउने  

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा गुमाउने अर्थात् सेयरभाउ घट्नेमा सानिमा जिआईसी इन्स्योेरेन्सको रहेको छ । कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले घटेर ५१७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सको सेयरमूल्य १.५६ प्रतिशत, शिखरको १.३७ प्रतिशत, हिमालयन एभरेष्टको १.३० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १ प्रतिशत, एनएलजीको ०.९८ प्रतिशत, सलिकोको ०.३२ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.३२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.१२ प्रतिशतले घटेको छ ।  

सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ३ बीमा कम्पनी परेका छन् । आज सबैन्दा बढी हिमालयन रि इन्स्योरेन्सको ५४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल रि को १४ करोड ४४ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.