सोमबार, श्रावण ११,२०८३ 10:20:49
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:20:49
Bizshala
Global IME Bank Limited

नेप्सेमा दुईवटा कम्पनीको साढे ४९ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा दुईवटा कम्पनीको साढे ४९ लाख कित्ता बोनस सेयर सूचीकृत
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । दुवै बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि दुवै बैंकको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.