शनिबार, फाल्गुन १०,२०८१ 09:22:16
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:22:16
IME remit
Global IME Bank Limited

नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनीको अर्थ के हो ? किन तर्सिए लगानीकर्ता ?

Hyundai Nepal
नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनीको अर्थ के हो ? किन तर्सिए लगानीकर्ता ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेले बिहिबार कारोबार समयमा नै धितोपत्र कारोबारी अर्थात स्टक डिलरहरुका लागि कारोबारयोग्य कम्पनी भन्दै ११२ वटा कम्पनीको सूचि सार्वजनिक गर्यो । दिनभर धरमाराएको सेयर कारोबार नेप्सेको यस्तो सूचना आएपछि बजारमा एकाएक झनै बिक्री दबाव पर्यो ।  

कुनै समय धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनीको सूचि प्रकाशन गरेपछि सेयर बजार लामो समय वियरिस यात्रामा गएको थियो । अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ भने जस्तै बिहिबार पनि सेयर लगानीकर्ताहरुमा त्यही त्रास व्याप्त देखियो । नेप्सेले नामावली सार्वजनिक गरेसँगै एकाएक सेयर बजारमा गिरावट आयो । आखिर नेप्सेले सार्वजनिक गरेका ११२ वटा कम्पनीको अर्थ के हो ?

Shivam Cement
CG Motors
Sagarmatha Cement

अन्तर्राष्ट्रिय बजारका समेत जानकार रहेका बजार जानकार मुक्ति अर्याल भन्छन् ‘नेप्सेले जारी गरेको सूचनाले लगानीकर्तामा यसमा गलत सन्देश गयो । लगानीकर्ताहरु भ्रममा पर्नु आबश्यक छैन । अन्तराष्ट्रिय रुपमा पनि यस्तो हुन्छ । यो स्टक डिलरहरुको लागि हो । स्टक डिलरहरुका लागि लगानीका केही मापदण्ड हुने गर्छ । त्यसैको लागि नेप्सेले यी कम्पनीको नामावली सार्वजनिक गरेको हुन सक्छ । त्यसैले लगानीकर्ता तर्सिनु पर्ने केही कारण छैन ।’  

अर्का बजार जानकार प्रेम ओलीले पनि बिहीबार सार्वजनिक भएका ११२ वटा कम्पनीको बिषयमा लगानीकर्ताहरुमा गलत म्यासेज गएको तर्क गर्छन् । उनी भन्छन्, ‘यी कम्पनीहरु संस्थागत लगानीकर्ता नबिल स्टक डिलर र नागरिक स्टक डिलरको लागि हो । नेप्सेले सार्वजनिक गर्दैमा भाउ घट्ने र बढ्ने भन्ने हुँदैन । हाल नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनी पहिले धितोपत्र बोर्डले सार्वजनिक गरेका ५१ कम्पनी जस्तो होइन । ’

यसै विषयमा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुली नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनी नेप्सेको कार्यविधि अनुसार नै रहेको तर्क गरे । उनीले भने, ‘यी कम्पनी खासगरि स्टक डिलरहरुको लागि सार्वजनिक गरिएको हो । यसको अर्थ यी कम्पनीमा लगानी गर्दा सुरक्षित र लाभांश निश्चित हुन्छ भन्ने पनि होइन । बाँकी कम्पनी खराब र नराम्रा भन्न खोजिएका पनि होइन ।’

पराजुलीले स्टक डिलरहरुले अब यी कम्पनीहरु भित्रबाटै लगानी गर्न कम्पनी छनोट गरेर नेप्सेमा पठाउने बताए । ‘त्यसपछि मात्रै उनीहरुले कारोबार गर्न सक्छन्,’ पराजुली थप्छन् ‘अन्तर्राष्ट्रि रुपमा पनि मार्जिन कारोबार, इन्ट्रा डे कारोबार , र डेरिभेटिभ बजारको लागि स्टक एक्सचेञ्जहरुले कम्पनीको लिष्ट सार्वजनिक गर्छन । यो भनेको कार्यबिधि अनुसार मार्केट सेगमेन्टेसनको लागि हो ।’ यसबाट लगानीकर्ता तर्सिनु पर्ने कुनै कारण नभएको पराजुलीले बताए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.