काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारी विगत ३४ दिनदेखि आन्दोलनमा छन्। बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू आन्दोलनमा छन् ।
यद्यपी उनीहरुले कार्यालयले दिने सेवा प्रवाह सुचारु नै राखेका छन् । नेप्सेका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
नेप्से कर्मचारी संघले नेप्सेका सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेप्से कर्मचारी संघले अर्थमन्त्री लाई सम्बोधन गर्दै अर्थ मन्त्रालयमा पत्र समेत पठाएका थिए ।
नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र विवाद सिर्जना भएको थियो ।

