बुधबार, असार १०,२०८३ 12:02:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:02:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा अब आउने नयाँ सीईओ पूँजीबजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने कर्मचारी संघको माग

Laxmi Sunrise Bank Limited
नेप्सेमा अब आउने नयाँ सीईओ पूँजीबजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने कर्मचारी संघको माग

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)कर्मचारी संघले नयाँ आउने प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूँजी बजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने माग राखेको छ । नेप्से कर्मचाखरी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग राखेको हो ।  

नेप्सेका हालका सीईओ कृष्ण बहादुर कार्कीको कार्यकाल यही माघ २५ गते समाप्त हुँदैछ । कार्कीको कार्यकाल सकिदै गर्दा नेप्से कर्मचारी संघले अब नेपाल सरकारबाट नियुक्त हुने सीईओ कस्तो हुनुपर्ने भन्ने बारे माग गरेको छ । 

New Office
CG Motors
Garima Development Bank

संघले नेप्से संस्था स्वयंको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने/गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अध्यावधिक गराउने लगायतको चुनौतिपूर्ण अवस्थाबाट अगाडी बढीरहेको जनाएको छ । यसर्थ समग्र पूँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पूँजीबजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको संघले औल्याएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल सरकार अर्थमन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत पूँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न÷गराउन सक्ने व्यक्तीलाई छनोट गरी पठाउन संघले माग गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.