सोमबार, श्रावण ११,२०८३ 10:20:50
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:20:50
Bizshala
Global IME Bank Limited

नेप्सेको बोनसको विषय सर्वोच्च अदालतमा, बलिया बन्दै कर्मचारी

नेप्सेको बोनसको विषय सर्वोच्च अदालतमा, बलिया बन्दै कर्मचारी
New Office

काठमाण्डौ। नेप्से कर्मचारीहरुले पाउने बोनसको विषय सर्वोच्च अदालतमा पुगेको छ । नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र भाँडभैलो मच्चिएको थियो ।

यसै विषयलाई लिएर नेप्सेका कर्मचारीहरुले नेप्सका सीईओ चूणामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्याललाई दिनभर कार्यालयमा बन्धक बनाएका थिए । त्यसपछि, प्रहरी प्रशासन लगाएर बाहिर निस्केका सीईओ र अध्यक्ष हालसम्म पनि कार्यालयमा फर्कन सकेका छैनन् ।  

तर यो बिषय मंगलबार सर्वोच्च अदालत पुगेको छ । मंगलबार चढेको पेसिमा श्रम अदालत भक्तपुरलाई विपक्षी बनाइएको छ । उक्त पेसि आज डा. मनोज कुमार शर्माको इजलास नम्बर २ मा परेको छ ।  

यसअघि श्रम अदालत भक्तपुरले छिनोफानो गरेको विषय अर्थ मन्त्रालयले रोकेको थियो । त्यसपछि कर्मचारीहरु आन्दोलित भएका थिए । श्रम अदालत भक्तपुरकै निर्णयको आधारमा बोनस बाड्दा बोनस ऐनले आफूहरु अप्ठ्यारोमा परेको सञ्चालक समितिको जिकिर छ । तर यो विषय सर्वोच्चले टुङ्ग्याई दिएको खण्डमा यो विषयले किनारा पाउने सञ्चालकहरुको भनाई रहेको छ ।  

नेप्सेका सीईओ र सञ्चालकहरुले ऐन  दिएको सुविधा कर्मचारीहरुलाई दिन आफूहरुलाई कुनै समस्या नभएको बताउँदै आएका छन् । जेनजी आन्दोलनपछि कर्मचारी बलिया बन्दै गएका छन भने सञ्चालक समिति कमजोर हुँदै गएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.