सोमबार, भाद्र १,२०८३ 09:50:39
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:50:40
Bizshala
Global IME Bank Limited

नेप्सेमा प्राविधिक गडबडी, कारोबारपछि सूचक ३७ प्रतिशतले घटेको देखियो, आत्तिए लगानीकर्ता !

Prabhu Bank Limited
नेप्सेमा प्राविधिक गडबडी, कारोबारपछि सूचक ३७ प्रतिशतले घटेको देखियो, आत्तिए लगानीकर्ता !
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राविधिक गडबडी देखिएको छ । शुक्रबारको नियमित कारोबार बन्द भइसकेपछि नेप्से परिसूचक १००८.९३ अंक अर्थात् ३७ प्रतिशतले घटेर १७१७.७९ विन्दुमा कायम भएको देखिएको छ ।  

यसरी अस्वभाविक रुपमा नेप्से घटेको देखिएपछि लगानीकर्ताहरुमा अन्योलता सिर्जना भएको छ । शुक्रबारको नियमित कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो ।  

CG Motors

तर, बजार बन्द भएको केही मिनेटपश्चात् नेप्सेको वेबसाइट तथा प्रणालीमा परिसूचक १,७१७.७९ बिन्दुमा झरेको देखियो, जुन यो ३७ प्रतिशतको गिरावट हो ।

कारोबार सम्पन्न भइसकेपछि अचानक सूचकमा यस्तो ठूलो गिरावट देखिएपछि धेरै लगानीकर्ताले बजारमा कुनै असामान्य घटना भएको हुन सक्ने आशंका गरिन थालिएको छ । प्रारम्भिक रूपमा भने यो वास्तविक कारोबारको परिणाम नभई प्रणालीमा आएको प्राविधिक समस्याका कारण भएको अनुमान गरिएको छ ।

बजार यसरी अस्वाभाविक रुपमा घटेपछि सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले नेप्सेलाई इङ्गित गर्दै अब तिमिलाई के हुन्छ, कलिया ? भन्दै व्यङ्ग्य गरेका छन् ।  

यस नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

नेप्सेको साइट हाल खुलेको छैन । साइट खोल्दा मेन्टेनेन्समा रहेका कारण केही समयपछि साइट खुल्ने सन्देशसहित डिस्प्लेमा देखिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.