बुधबार, असार १०,२०८३ 11:08:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:08:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६ दिनमा ८७ अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा

Laxmi Sunrise Bank Limited
६ दिनमा ८७ अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा

काठमाण्डौ । बजार आज(बुधबार) पनि करेक्सन भएको छ । यो दिन सेयर बजार परिसूचक(नेप्से) १०.२५ अंकले करेक्सन भई २०८८.०४ मा सीमित बन्न पुगेको हो ।

बुधबारसहित बजार लगातार छैठौं दिन पनि घटेको हो । यो अवधिमा सेयर बजार परिसूचक ८७.१३ अंकले घटिसकेको छ ।  

कतिपय कम्पनीहरुको वित्तीय विवरण अपेक्षितभन्दा खराब आउँदा र कतिपयको विषयमा भने भ्रम फैलाइँदा बजारमा बिक्री चाप बढ्दै गएको देखिएको हो ।

 

New Office
CG Motors
Garima Development Bank

बैंक तथा वित्तीय संस्थाहरुको दोश्रो त्रैमासिक रिपोर्ट सन्तोषजनक आएन । यसले लगानीकर्ताको मनोबललाई केही कमजोर बनाउने काम गर्यो ।  

यहीबेला निफ्रा लगायत केही कम्पनीहरुको ठूलो संख्यामा संस्थापक सेयरको सप्लाई आउने प्रचारबाजी भयो । यो कारणले समेत बजारका लगानीकर्ताको मनोबल थप कमजोर भयो । हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनीहरुको आईपीओ बजारमा सूचीकृत भई कारोबार हुन थालेपछि यस्ता कम्पनीको मूल्यमा हुने घटबढले पनि बजार प्रभावित भएको कतिपयको तर्क छ ।  

ब्याजदर महिनैपिच्छे घटिरहेको, बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको र सेयरधितो कर्जा लगानीकर्ताहरुले सस्तोमै पाइरहँदा समेत बजार घट्नुपर्ने ठूलो कारण भने छैन । यसकारण पछिल्लो केही दिनको बजारको लगातार गिरावटलाई कतिपयले सोझा लगानीकर्ताको मनोबल कमजोर बनाई सस्तोमा सेयर उठाउने प्रपञ्चको रुपमा पनि बुझिरहेका छन् ।  

बजार बढेर २२०० विन्दू छोएको अवस्थामा केही अंकको करेक्सन हुनुलाई केही भने स्वभाविक भनिरहेका छन् । बजार लगातार बढ्नुभन्दा करेक्सन हुँदै अगाडि बढेको बजार दिगो र बलियो हुने उनीहरुको तर्क छ ।  

के भन्छन् जानकार ?

बजार जानकार सूर्यनारायण पौडेल धेरै लगानीकर्ताको १८०० मा किनेर २२०० मा बिक्री गर्ने सेन्टिमेन्ट बन्दा बजारमा लगातार करेक्सन आएको बताउँछन् । उनका अनुसार पछिल्लो समय बजारमा ट्रेडरहरु हाबी भएका छन् । ‘बजारमा इन्भेष्टर कम छन् । टेडर बढी हुँदा सानो सानो नाफा बुक गर्नतिर लागे । यहीकारण आजको डिमाण्ड साइड कमजोर देखियो ।’ उनले भने–‘ट्रेडरले मूल्य बढेर सेयर उठाउन चाहेनन् ।’  

पौडेलको भनाईमा बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेका दोश्रो त्रैमासको कमजोर वित्तीय रिपोर्टले पनि बजारलाई माथि जान नदिएको हुनसक्छ ।  

आज हाइड्रोमा बिक्री दवाब आउँदा समेत बजार घट्न थप मद्दत पुगेको उनको भनाई छ ।  

पौडेलको विश्लेषणमा बजारले अब २०६० मा सपोर्ट लिनसक्छ । तर यदि त्यहाँभन्दा तल गयो भने अझै केही अंक झर्नसक्छ ।  

अर्का बजार जानकार निमानन्द कँडेल पनि लगानीकर्ताको मनोबल कमजोर रहेको कारण बजार घटेको बताउँछन् । ‘आज पनि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसे । ट्रेडर हाबी भएको देखियो ।’ उनले भने–‘बढेर सेयर खान नमान्दा पनि बजार घट्यो ।’

के के भयो बुधबार ?

यो दिन बैंकिंग र म्युचुअल फण्डबाहेकका सबै उपसमूह राताम्मे भए ।  

बैंकिंग समूहमा १.१३ र म्युचुअल फण्डमा ०.०२ को झिनो बढोत्तरी भयो ।  

सबैभन्दा धेरै इन्भेष्टमेन्ट समूहमा गिरावट देखियो । यो उपसमूहको सूचक १.६५ प्रतिशतले घट्न पुग्यो ।  

यस्तै, विकास बैंक समूह ४०.६२ अंकले घट्यो भने वित्त र लघुवित्त समूहमा क्रमशः ८.८८ र ३.९९ अंकको गिरावट आयो ।  

होटल तथा टुरिजम इण्डेक्स ६.९५ अंकले घटेको यो दिन जलविद्युत समूहमा ३३.४३ अंक, जीवन बीमा समूहमा ३८.०५ अंक, निर्जीवन बीमा समूहमा ३२.२८ अंक, व्यापार समूहमा ३०.९४ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.७५ अंक र अन्य समूहमा ९.९१ अंकको गिरावट आयो ।  

यो दिन बजारमा ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर ९० हजार २१० कारोबारबाट ३ अर्ब ८९ करोड ७० लाख २२ हजार हाराहारीमा किनबेच भयो ।  

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा हिमालयन रिइन्स्योरेन्सले सबैभन्दा बढी २५ करोड १५ लाख बढीको कारोबार गर्यो ।  

ङादी ग्रुप पावर लिमीटेडको १३ करोड बढीको सेयर किनबेच भएको बजारमा अरुण कावेली पावरले १२ करोड बढी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको १२ करोड र अपी पावर कम्पनीले १० करोड बढीको कारोबार गरे ।  

गरिमा डिवेञ्चरको ९ करोड ८१ लाख बढीको कारोबार भएको यो दिन आइजीआई प्रूडेन्सियल इन्स्योरेन्सले ९ करोड ८१ लाख, सोना सिमेन्टले ८ करोड २६ लाख, सोल्टी होटलले ८ करोड ७ लाख र माउन्टेन इनर्जीले ७ करोड ५३ लाख बढीको कारोबार गरे ।  

धेरै कमाउने र गुमाउने कम्पनी

संस्थापक सेयरको लकइन पिरियड खुलेको चन्द्रागिरी हिल्सको सेयरले आज पनि सकारात्मक सर्किट हानेको छ । हिजो पनि यो कम्पनीको सर्किट लेभलमै कारोबार भएको थियो ।  

चन्द्रागिरीको सेयरमूल्य सर्किट लागेर प्रतिकित्ता १०४४.२० रुपैयाँको उचाईमा पुगेको छ ।  

मिडसोलू हाइड्रोपावरको सेयरमूल्यमा पनि पोजिटिभ सर्किट लागेको छ ।  

गुराँस लघुवित्त र समाज लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यो दिन तेह्रथुम पावर कम्पनी लिमीटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको नेगेटिभ सर्किट लागेको छ ।  

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ६.२० प्रतिशतले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.