काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नविकरण गर्न आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
नेप्सेले निर्धारित शुल्क तिरेर नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिमा सहभागी भई दर्ता हुन र दर्ता भईसकेकालाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
पहिलोपटक दर्ता हुने संस्थागत लगानीकर्तालाई १० हजार रुपैयाँ दर्ता शुल्क तथा दर्ता भईसकेकालाई ५ हजार शुल्क तोकिएको छ ।

