मंगलवार, चैत्र ४,२०८१ 11:03:31
IME remit
  • मंगलवार, चैत्र ४,२०८१ 11:03:31
IME remit
Global IME Bank Limited

बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका

Hyundai Nepal
बुधबारदेखि नेप्से सीईओको अन्तर्वार्ता हुँदै, अधिकांशको अनुभवको सर्टिफिकेट नक्कली भएको आशंका
Nabil Bank Limited

काठमाण्डौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत ( सीईओ )पदको लागि नेपाल सरकारले अघिल्लो साता पाँच जनाको नाम सर्ट लिष्ट गरको थियो । सीईओ पदका लागि १० जनाको आवेदन परेकोमा योग्यताको आधारमा पाँचजनाको नाम मात्रै छनोट समितिले सर्ट लिष्टिङग गरेको थियो ।  

सर्टलिस्टमा चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बुधबार बोलाइएको छ । युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी पहिलो चरणको सूचीमा परेनन् ।

छनोटमा नपरेका पाँच जना आवश्यक योग्यता तथा अनुभव नपुगेको कारण फालिएको अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ । हालको कार्यविधि अनुसार तत्कालिन सीईओ कृष्ण बहादुर कार्कीको पनि अनुभव नपुग्ने स्रोतले दाबी गर्यो ।  स्रोतका अनुसार सर्टलिष्टमा परेका पाँच जना आबेदकरुमध्य पनि अधिकांशले निजी क्षेत्रमा काम गरेको नक्कली अनुभव तथा चारित्रिक पत्र पेश भएको हुनसक्ने मन्त्रालय स्रोतले दाबी गर्यो । स्रोतले भन्यो, ‘छनोट समितिले पाँच जनाको नाम सर्ट लिष्ट गर्नै पर्ने कार्यविधिको कारण पाँच जनाको नाम छनोट गरेको हो । ती पाँच जनामा पनि धेरैले नीजि क्षेत्रका पब्लिकमा गएका कम्पनीहरुबाट आफूले काम गरे भन्दा बढी समयको अनुभव पत्र बनाएको हुन सक्ने स्रोतले दाबी गर्यो ।  

Shivam Cement
Bizshala
CG Motors

सर्टलिष्टमा परेका मध्येका एक नारद लुइँटेलको हाल कार्यविधिले तोके अनुसारको अनुभव पुग्दैन । कार्यबिधिमा भनिएको छ ‘पूँजीबजार वा वित्तिय क्षेत्र वा व्यबस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च ब्यबस्थापकिय क्षेत्रमा अनुभव सहित कम्तीमा १५ वर्षको अनुभव हुनुपर्ने ।’ यो व्यवस्गथाअनुसार लुइँटेलको अनुभव नपुग्ने स्रोतले दाबी गर्यो । 

स्रोतका अनुसार सर्लाही स्थायी घर भएका लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिव हुन् । २०७८ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट उनलाई तारागाउँको सदस्य सचिवमा नियुक्ति गरेका थिए । उनी त्यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका थिए । तर पुँजीबजार वा वित्तीय क्षेत्रमा काम गरेको अनुभव लुइँटेलसँग छैन । उनी साढे २ वर्ष मात्रै कम्पनी सचिव भएको स्रोतले दाबी गर्यो । उनी नेकपा एसका कार्यकर्ता पनि हुन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यस्तै, हेमन्त बस्याल एक वर्ष अघि मात्रै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सीईओ भएका हुन् ।  नुवाकोटका स्थायी बासिन्दा बद्रीप्रसाद प्याकुरेल आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका सीईओ तथा कम्पनी सचिव हुन् । उनको मर्चेन्ट बैकमा मात्रै अुनभव रहेको छ । 

त्यसैगरि झापा घर भएका चुडामणी चापागाईंलाई सानिमा लाइफ इन्स्योरेन्सबाट कार्यसम्पादन सन्तोषजनक नभएको कारण बर्खास्त गरिएको स्रोतले दाबी गर्यो ।  

अर्का एक आवेदक पूर्ण प्रसाद आचार्यको भने कृषी बिकास बैंकमा उच्च ब्यबस्थापकिय क्षेत्रमा ४ वर्ष र सीडीएसीमा ४ वर्षको अनुभवसहित ८ वर्षको अनुभव भएको पनि स्रोतले जानकारी दियो । यी पाँचै जनालाई कार्यविधि प्रस्तुति र अन्तरवार्ताको लागि बुधबार बिहान ७ बजे अर्थमन्त्रालयमा बोलाइएको छ ।  

प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा सिफारिस समितिले ५ मध्येबाट तीनजनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसपछि सरकारले तिनै तीन नाममध्येबाट एकजनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.