काठमाण्डौ । गत महिनादेखि नेपाल स्टक एक्सचेञ्जमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को पद खाली भएको छ । पछिल्लोपटक धितोपत्र बोर्डमा रमेश कुमार हमाल आएपछि भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुन केही मापदण्ड कडा बनाइको बजारमा चर्चा चलेको छ । तत्कालिन अध्यक्ष रमेश कुमार हमालले योग्यता र अनुभव परिमार्जित गर्दै १५ वर्षको कार्यानुभव आवश्यक जस्ता मापदण्ड बनाएका थिए ।
यस्ता छन् मापदण्डः
(क) धितोपत्र बजारको कम्तीमा दुई तिहाइ सञ्चालक अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापनका सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको,
(ख) नेपाल सरकारले स्वीकृती दिएकोमा बाहेक नेपाली नागरिक भएको ।
कार्यकारी प्रमुखको योग्यताः धितोपत्र बजारको कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ ।
(क) धितोपत्र बजारको कार्यकारी प्रमुख अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तिय क्षेत्र वा व्यवस्थापन सम्बन्धित कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको,
स्पष्टीकरण ः यस नियमको प्रयोजनको लागि उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सोको दुई तह मातहतसम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनु पर्दछ ।
(ख) नेपाल सरकारले स्वीकृती दिएकोमा बाहेक नेपाली नागरिक भएको ।
संचालक तथा कार्यकारी प्रमुखको अयोग्यताः देहायको अयोग्यता भएको व्यक्ति धितोपत्र बजारको संचालक या कार्यकारी प्रमुख हुन सक्ने छैन
(क) बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको.
(ख)नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसुरदार ठहरिएको भए सजाय भुक्तान भएको मितिले पाँच बर्ष पूरा नभएको,
(ग) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए सजाँय भुक्तान भएको मितिले पाँच बर्ष पूरा नभएको,
(घ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
(ङ) प्रचलित कानून बमोजिम कर दाखिला नगरेको वा प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगर्ने कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
(च( कम्पनी वा संगठित संस्था वा त्यस्तो कम्पनी वा संगठित संस्थाको शेयरधनी कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेको वा कालो सूचीबाट हटेको कम्तीमा ६ महिना पुरा नभएको,
(छ) लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगर्ने सार्वजनिक निष्काशन गरेका संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
(ज) अर्को कुनै धितोपत्र बजारमा आधारभूत शेयरधनी रहेको वा कुनै लाभको पद ग्रहण गरेको ।
(झ) कम्पनी वा संगठित संस्था वा त्यस्तो कम्पनी वा संगठित संस्थाको सेयरधनी बोर्ड वा अन्य कुनै नियमनकारी निकायबाट कारवाहीमा परेको छ महिना पुरा नभएको,
(ञ) कुनै धितोपत्र व्यवसायी संस्थामा लाभको पदमा रहेको ।