शनिबार, श्रावण २,२०८३ 11:35:33
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:35:33
Bizshala
Global IME Bank Limited

सिद्धार्थ र लुम्बिनीले जिते कामना सेवा फुट्सल कप सिजन–५ का उपाधि

सिद्धार्थ र लुम्बिनीले जिते कामना सेवा फुट्सल कप सिजन–५ का उपाधि
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक फुट्सल कप सिजन–५ सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुट्सल कप सिजन–५ शनिबार सम्पन्न भएको छ।

पुरुषतर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २-० ले पराजित गर्दै उपाधि जितेको छ। 

त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई. बैंकलाई १-० ले हराउँदै पुनः विजेताको उपाधि हात पारेको छ।

उक्त प्रतियोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ९ टिमले सहभागिता जनाएका थिए। खेलको उद्घाटन कार्यक्रममा बैंकका डिपुटी सीईओ विनय दाहालले एन्फा रेफ्री अञ्जना सुनुवारलाई बल हस्तान्तरण गर्दै खेल शुभारम्भ गर्नुभएको थियो।

प्रतियोगिताको समापन समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिती थियो।

बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मङ्सिर २७ गते बिहीबार देशभर रक्तदान कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.