बिहीबार, श्रावण १,२०८२ 11:32:23
  • बिहीबार, श्रावण १,२०८२ 11:32:23
Global IME Bank Limited

एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च

Hyundai Nepal
एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गत आर्थिक वर्ष २०८१/८२ को रिपार्ट कार्ड सार्वजनिक गरेको छ । नेप्सेले गत आवमा पूँजीबजारमा भएको प्रगतिलाई समेट्दै रिपार्ट कार्ड सार्वजनिक गरेको हो ।  

जसअनुसार आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेप्सेले उल्लेख गरेको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

तथ्यांक अनुसार २०८१/८२ मा रु. २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । जुन एक आर्थिक वर्षमा भएको हालसम्मकै उच्च कारोबार हो । आर्थिक वर्ष २०८०/८१ मा भने ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोको थियो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कारोबार भएको थियो । उक्त आर्थिक वर्षमा १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

Muktinath Bikas Bank Limited

गत आवमा भएको कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पूँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् ।  

प्रथम निष्कासन(आईपीओ)मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X