सोमबार, श्रावण ११,२०८३ 10:16:19
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:16:19
Bizshala
Global IME Bank Limited

एक वर्षमा ७.५७%ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा समेत गिरावट

एक वर्षमा ७.५७%ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा समेत गिरावट
New Office

काठमाण्डौ । सेयरबजार ७.५७ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म नेप्से परिसूचक २५४०.५८ विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिसम्म नेप्से सूचक २७४८.७९ विन्दुमा कायम रहेको थियो । यसर्थमा सेयरबजार गत वर्ष भन्दा ७ प्रतिशत भन्दा बढीले घट्न पुगेको छ । 

सेयरबजारसँगै धितोपत्र बजार पूँजीकरण पनि २.५४ प्रतिशतले घटेको छ । गत वर्षको कात्तिक मसान्तसम्म ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ रहेकोमा यस वर्षको सोही अवधिसम्म ४२ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ कायम रहेको छ । २०८२ कात्तिकमसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८३ पुगेको छ । 

सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ कात्तिक महिनासम्म सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.