बिहीबार, आश्विन २९,२०८३ 08:44:59
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:44:59
Bizshala
Global IME Bank Limited

एक बोली, रु. १४,१०० करोडको खेल !

Bizshala
एक बोली, रु. १४,१०० करोडको खेल !
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पूर्वअडान तोड्दै सेयर बजारका लगानीकर्ताको हितका विषयमा बोलेपछि बजारमा उछाल आएको छ। सोमबार एकैदिन लगानीकर्ताको सम्पत्ति १४ हजार १६८ करोड रुपैयाँले वृद्धि भएको छ।

अर्थमन्त्रीमा नियुक्त भएलगत्तै वाग्ले र उनको सल्लाहकार टोलीले आफूलाई बजार घट्नेबित्तिकै प्रतिक्रिया जनाउने अर्थमन्त्री नभएको परिभाषा दिँदै घट्दो बजारका समस्या सम्बोधनमा सार्वजनिक रूपमा बोल्न र टिकाटिप्पणी नगर्ने अडान लिँदै आएका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसक्रममा आफूलाई भेट्न आएका अगुवा लगानीकर्ताहरूलाई समेत अर्थमन्त्री वाग्लेले रास्वपाको सरकार पाँच वर्षसम्म स्थिर रहने र यसले लिने नीति सेयर बजार तथा लगानीकर्तामैत्री हुने बताएका थिए। उनले दुईचार दिन बजार घट्दैमा बोलिहाल्ने अर्थमन्त्री आफू नरहेको दाबी गर्दै आएका थिए।

अर्थमन्त्री मात्र होइन, उनका सल्लाहकारहरूले पनि यस्तै धारणा सार्वजनिक गर्दै आएका थिए। उनीहरूले रास्वपाकै केही अर्थविज्ञहरूलाई अघि सार्दै बजारको सामान्य उतारचढावलाई स्वाभाविक रूपमा लिनुपर्ने र यसमा अर्थमन्त्रीले तत्काल प्रतिक्रिया दिनु नपर्ने तर्क गर्दै आएका थिए।

यता, लगानीकर्ताहरूले भने सरकारले पूँजीबजारलाई उपेक्षा गरेको निष्कर्ष निकाल्दै आन्दोलन सुरु गरेका थिए। सिंहदरबारमै पुगेर विरोध प्रदर्शन भएपछि रास्वपा नेतृत्वको सरकार झस्किएको थियो। लगानीकर्ताले सिंहदरबार आसपास प्रदर्शन गर्न रोक लगाइएको भन्दै सत्तारुढ दलको वनस्थलीस्थित पार्टी कार्यालयमा पुगेर घेराउ गर्दै धर्ना दिन खोजेका थिए। तर राति १० बजेसम्म बस्दा पनि प्रहरीले टेन्ट टाँग्न नदिएपछि उनीहरू फर्किएका थिए।

यसबीच, बालेन नेतृत्वको सरकार बनेपछि सेयर बजारका लगानीकर्ताहरूले अर्थमन्त्रीको उपेक्षापूर्ण व्यवहारका कारण मनोबल कमजोर भएको र सात कारोबार दिनमै ४७ हजार करोडभन्दा बढी सम्पत्ति गुमेको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तोष व्यक्त गरेका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै लगानीकर्ता र सर्वसाधारणले अर्थमन्त्री वाग्लेको राजीनामा माग गर्नेसम्मको अवस्था सिर्जना भएको थियो। सरकार गठन भएको १० दिन नबित्दै क्याबिनेटका दोस्रो वरीयताका अर्थमन्त्रीविरुद्ध राजीनामा माग्दै चर्को विरोध भएपछि यसले रास्वपा नेतृत्वलाई समेत दबाबमा पारेको थियो।

यसै सन्दर्भमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच आइतबार राति टेलिफोन संवाद भएको स्रोतले जनाएको छ। लगानीकर्तामा बढ्दो ‘प्यानिक’ ले पार्टीको लोकप्रियतामा असर पार्न सक्ने र सरकारलाई अप्ठ्यारो पर्न सक्ने विश्लेषणसहित प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न आग्रह गरिएको बताइएको छ।

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई लगानीकर्तालाई थप त्रसित हुन नदिने गरी पूँजीबजारलाई लक्षित स्पष्ट सन्देश दिन निर्देशन दिएका थिए।

उक्त निर्देशन, सामाजिक सञ्जालमा बढ्दो आलोचना र राजनीतिक दबाबपछि अर्थमन्त्री वाग्ले पूँजीबजारका विषयमा बोल्न तयार भएका देखिएका छन्।

त्यसपछि सोमबार बिहान स्टक ब्रोकर एशोसिएसनलाई छलफलका लागि सिंहदरबार बोलाइयो, जहाँ अर्थमन्त्रीले लगानीकर्ताको पक्षमा स्पष्ट धारणा व्यक्त गरेका थिए।

त्यतिमात्र होइन, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पत्रकारहरूसँगको भेटमा पनि उनले सेयर बजारकै विषयमा धारणा राखेका थिए। यसले अर्थमन्त्रीमाथि रहेको दबाबको स्तरलाई समेत संकेत गरेको देखिन्छ।

एक दिनअघिसम्म ‘बजार घट्दैमा बोलिहाल्ने अर्थमन्त्री होइन’ भन्ने अडानमा रहेका वाग्ले घटनाक्रमको दबाबपछि सक्रिय रूपमा प्रस्तुत भएका देखिन्छन्। उनले एकैदिन सेयर बजार, लगानीकर्ता र समस्या समाधानका विषयमा केन्द्रित अभिव्यक्ति दिएपछि लगानीकर्ताहरूले त्यसलाई सकारात्मक रूपमा लिएका छन्।

यसको प्रभाव बजारमा समेत देखिएको छ। अत्यन्त संवेदनशील मानिने पूँजीबजारमा अर्थमन्त्रीको अभिव्यक्तिपछि नेप्से सूचक ८३ अंकले बढेको छ।

यस प्रकरणले सेयर बजारमा नीतिगत नेतृत्वको अभिव्यक्ति कति प्रभावशाली हुन्छ भन्ने देखाएको छ। समयमा सम्बन्धित निकायले प्रतिक्रिया नदिँदा लगानीकर्तामा त्रास फैलिन सक्ने र त्यसले ठूलो आर्थिक क्षति निम्त्याउन सक्ने तथ्य समेत उजागर भएको छ।

अर्थमन्त्रीको अभिव्यक्तिपछि सोमबार एकैदिन लगानीकर्ताको सम्पत्ति १४ हजार १६८ करोड रुपैयाँले वृद्धि भएको हो।

आइतबार बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण ४५ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ रहेकोमा सोमबार बढेर ४६ खर्ब ९२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.