सोमबार, श्रावण ११,२०८३ 10:17:40
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:17:40
Bizshala
Global IME Bank Limited

नेप्से पुनर्संरचना समितिले पायो पूर्णता, ५० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने

नेप्से पुनर्संरचना समितिले पायो पूर्णता, ५० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को पुनर्संरचनाका लागि गठित समितिले कामको थालनी गरेको छ । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय अध्ययन समिति सोमबारबाट काम थालेको हो ।

समितिका सम्पूर्ण सदस्यले आज जिम्मेवारी सहितको पत्र पाएसँगै पूर्णता पाएको समिति आजैबाट काममा लागेको हो । नेपाल स्टक एक्सचेन्जबाट मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकबाट सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डबाट रुपेश केसी र विज्ञ सदस्यका रुपमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरिले आज जिम्मेवारी सहितको पत्र बुझेका हुन्।  

समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । समितिले पूर्णता पाएसँगै आज समितिका सदस्यबीच छलफल समेत भएको छ । अध्ययन समितिले ५० दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.