शुक्रबार, माघ ९,२०८२ 06:28:17
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 06:28:17
Bizshala
Global IME Bank Limited
Bizshala

चाडपर्व अघि किन खुलेर सेयर किनेनन् ठूला लगानीकर्ताले ? यसो भन्छन् ब्रोकर

चाडपर्व अघि किन खुलेर सेयर किनेनन् ठूला लगानीकर्ताले ? यसो भन्छन् ब्रोकर
Shivam Cement

काठमाण्डौ । गत भदौ २ गते ३ हजार विन्दुमा पुगेको सेयर बजारले त्यसपछि साढे २ महिना खासै गति लिन सकेन । त्यो समयमा झण्डै ३० अर्ब भएको सेयर कारोबार हाल ५–६ अर्बमा सीमित भएको छ । यो साढे २ महिनाको समयावधिमा बजार बढ्न नसक्नुमा कारोबार तथा भोल्युम बढ्न नसक्नु नै मुख्य कारण रहेको देखिन्छ । जबसम्म १० अर्ब भन्दामाथि भोल्युम तथा कारोबार आँउदैन त्यो समयसम्म सेयर बजारले गति नलिने ब्रोकरहरु बताँउछन् ।

त्यसो भए किन ठूलो भोल्युम र कारोबारको साथ बजाले गति लिन सकेन त ? केही बजार जानकार ठूला लगानीकर्ताहरुले खुलेर सेयर नकिन्दा बजारले गति लिन नसकेको तर्क गर्छन् ।  यसै विषयमा कोहिनुर सेक्यूरिटिज  (स्टक ब्रोकर नम्बर ३५) का सञ्चालक भरत रानाभाट दशैं तिहारअघि बजार नबढेको भनेर मान्न तयार छैनन् ।

Bizshala
Garima Development Bank
New Office

रानाभाट भन्छन्, ‘३ हजारबाट घटेर २४४० विन्दुसम्म पुगेको बजार २६७४ विन्दुमा बन्द भएको छ । यो भनेको बजार सुधार भएकै हो । अहिले खासगरि लगानीकर्ताहरु कोही विदेशमा छन् त कोही राजधानी बाहिर छन् । राजधानीमा नै रहेका लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन् ।’

उनले दशैं तिहारको बीचमा जम्मा १०÷१२ दिन मात्रै कारोबार भएको र कर्जा लिएर सेयर कारोबार गर्नेले पनि आउने त्रैमास कुरेको समेत बताए । ‘त्यही कारणले नै ठूलो कारोबार नभएको हो । अब छठ पछि खुलेको बजारले नै स्पष्ट दिशा निर्धारण गर्नेछ,’ उनले भने ।  

यसै विषयमा कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) का सञ्चालक नरेन्द्र सिजापति सेयर बजारमा पनि ठूला कारोबारी भनेका ठूला उद्योगी नै रहेको बताउँछन् ।  उनी भन्छन् ‘अहिले उद्योगीहरु विद्युत महशुलको विवाद मिलाउनतर्फ नै लागेको कारण बजारमा केही प्रभाव देखिएको हो । अब केही समयमा विद्युतको विषयमा सेटलमेन्ट भएपछि बजारले अल टाइम हाई बनाउने छ ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसको अतिरिक्त राजनीतिक तथा बाढी पहिरोका कारण पनि सेयर बजारमा प्रभाव परेको उनको बिचार रहेको छ । अर्का एक ब्रोकरले पनि नाम नलेख्ने शर्तमा भने, ‘बजारमा अहिले राजनीतिक तथा चाडपर्वको कारणले नै लगानीकर्ता ढुक्क हुन नसेका हुन् । 

अन्तराष्ट्रिय रुपमा पनि केही द्धन्द्ध रहेको कारण बजारले गति लिन नसकेको हो र।’ उनले सरकारको तर्फबाट पनि सोचे जसरी काम हुन नसकेको गुनासो समेत गरे । अब धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती तथा राष्ट्र बैंकको मौद्रिक नीतिमा केही लचक भए लगानीकर्ताको मनोबल बढेमा बजारले गति लिनेमा ती ब्रोकर ढुक्क देखिए ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.