बिहीबार, आश्विन २९,२०८३ 02:32:49
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:32:49
Bizshala
Global IME Bank Limited

अस्वभाविक चलखेल रोक्न १५ मिनेट क्लोजिङ प्रणाली फेरि लागू गर्ने तयारीमा सेबोन

Bizshala
अस्वभाविक चलखेल रोक्न १५ मिनेट क्लोजिङ प्रणाली फेरि लागू गर्ने तयारीमा सेबोन
New Office

काठमाण्डौ । स्थगित भएको १५ मिनेटे ‘क्लोजिङ’ प्रणाली फेरि ब्युँताउने तयारीमा नेपाल धितोपत्र बोर्ड पुगेको छ ।  

कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक चलखेल नियन्त्रण गर्दै कम्पनीको अन्तिम मूल्यलाई थप पारदर्शी बनाउने भन्दै सेबोनले नेप्सेसँग उक्त व्यवस्था पुनः लागू गर्ने विषयमा सुझाव मागेको हो ।

कारोबार सत्रको अन्तिम १५ मिनेटमा भएको कारोबारलाई आधार बनाएर भारित औसत मूल्यबाट क्लोजिङ मूल्य निर्धारण गर्ने व्यवस्था पुनः लागू गर्ने विषयमा सेबोनले नेप्सेसँग राय मागेको हो ।

सेयर कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक मूल्य उतारचढाव तथा चलखेल नियन्त्रण गर्ने उद्देश्यले यसअघि लागू गरिएको उक्त व्यवस्था पुनः कार्यान्वयन गर्ने तयारी सेबोनले थालेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सेबोनका अधिकारीहरूका अनुसार आन्तरिक छलफलका क्रममा कारोबारको अन्तिम मूल्य निर्धारण गर्दा अन्तिम १५ मिनेटको औसत मूल्यलाई आधार बनाउनु तुलनात्मक रूपमा पारदर्शी हुने निष्कर्ष निकालिएको छ । त्यसपछि उक्त व्यवस्था पुनः लागू गर्न सकिने वा नसकिने विषयमा नेप्सेसँग औपचारिक सुझाव मागिएको हो ।

स्रोतका अनुसार सेबोन अध्यक्ष डा. गोपाल भट्टको निर्देशनपछि नेप्सेलाई सुझावका लागि पत्र पठाइएको हो । अध्यक्ष भट्ट कम्पनीको अन्तिम सेयर मूल्य निर्धारण अन्तिम १५ मिनेटको कारोबारबाट कायम हुने भारित औसत मूल्यका आधारमा गर्नुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।

यसअघि २०८१ चैतको पहिलो साता धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधन गर्दै नेप्सेले क्लोजिङ प्राइस निर्धारणमा अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाउने व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाअनुसार कारोबार सत्रको अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसतका आधारमा कम्पनीको अन्तिम मूल्य कायम हुने व्यवस्था गरिएको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

तर, कार्यान्वयनमा आएको करिब ६ महिनापछि सेबोनले २०८२ असोज ७ गते उक्त व्यवस्था स्थगित गरेको थियो । स्थगनपछि पुनः पुरानै प्रणालीअनुसार अन्तिम कारोबारबाट क्लोजिङ मूल्य निर्धारण हुँदै आएको छ ।

अब भने सेबोनले उक्त व्यवस्थालाई फेरि कार्यान्वयनमा ल्याउने सम्भावना बढेको छ । त्यसका लागि नेप्सेबाट प्राविधिक तथा व्यावहारिक पक्षमा सुझाव मागिएको छ ।

सेबोनले नेप्सेलाई पठाएको पत्रमा स्थगित गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिएर नेप्से सूचकांक गणना गर्ने विधि पुनः कार्यान्वयन गर्न सकिने वा नसकिने सम्बन्धमा सुझाव पेस गर्न भनिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.