आईतवार, कार्तिक १,२०८३ 01:39:55
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:39:55
Bizshala
Global IME Bank Limited

अन्तिम १५ मिनेट औसतको नियम परिवर्तन नहुने नेप्सेको प्रष्ट संकेत, 'यो विश्वव्यापी असल अभ्यास हो'

Bizshala
अन्तिम १५ मिनेट औसतको नियम परिवर्तन नहुने नेप्सेको प्रष्ट संकेत, 'यो विश्वव्यापी असल अभ्यास हो'
New Office

काठमाण्डौ । लगानीकर्ताहरुको चर्को विरोधका बाबजुद सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमप्रति आफ्नो अडान दोहोर्याउँदै यो परिवर्तन नहुने प्रष्ट संकेत दिएको छ ।  

नेप्सेले अन्तिम १५ मिनेटको औसतका आधारमा बजारको परिसूचक तथा कम्पनीको अन्तिम कारोबार मूल्य निर्धारण हुने व्यवस्थालाई विश्वव्यापी असल अभ्यास भन्दै तत्काल यो नियम संसोधन नहुने स्पष्ट सन्देश दिएको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भदौ १३ गतेको मितिमा एक विज्ञप्ति जारी गर्दै विवादै विवादमा परेको अन्तिम १५ मिनेटको औसत गणना विधिको विषयमा समेत प्रष्ट पार्ने प्रयास गरेका छन् । विज्ञप्तिको सुरुवातमा गणना विधिको विषयमा प्रष्ट पार्न खोजिए पनि अन्तिममा भने अन्तिम १५ मिनेट औसतको नियम निरन्तर हुने प्रष्ट सन्देश दिइएको छ ।  

'नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबार(टिक बाई टिक)को कारोबार मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ ।' विज्ञप्तिमा भनिएको छः 'अपरान्ह ३ बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य र कारोबार भएको सेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्छ ।' 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले अन्तिम १५ मिनेटको औसत कसरी गणना हुन्छ भन्ने विधि समेत विज्ञप्तिमा खुलाएको छ । 'स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना गर्छ । स्वचालित कारोबार प्रणालीले दोश्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने गर्छ।' विज्ञप्तिमा भनिएको छः'तसर्थ नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुँदैन । अपरान्ह ३ बजेपछिको गणनामा कम्पनीको कारोबार सेयर संख्याको प्रभाव हुन्छ ।'  

नेप्सेले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमको पक्षमा समेत अन्तिममा खुलेरै अडान दोहोर्याएको छ । विज्ञप्तिको अन्तिममा भनिएको छः 'यो विश्वव्यापी असल अभ्यासलाई  नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको कारोबार सञ्चालन विनियमावली(चौथो संसोधन), २०८१ अनुरुप नेप्से सञ्चालक समितिको निर्णयअनुसार मिति २०८१/१२/०७ देखि कार्यान्वयनमा ल्याइएको हो ।'  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.