बिहीबार, भाद्र १९,२०८२ 09:33:44
  • बिहीबार, भाद्र १९,२०८२ 09:33:44
Global IME Bank Limited

हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?

Hyundai Nepal
हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?
Shivam Cement

काठमाण्डौ । कोभिडपछि धितोपत्र बजारमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको छ । कोभिड पहिले ४ लाख मात्रै आवेदन पर्ने आईपीओमा अहिले हरेक निष्काशनमा सरदर २२ लाख सेयर आवेदन पर्ने गरेको छ । यसबाट धितोपत्र बजारमा आईपीओको लगानीबाट राम्रो आम्दानी हुन्छ भन्ने लगानकिर्ताहरुको बुझाई रहेको प्रष्ट हुन्छ ।  

तर नेप्सेको तथ्यांक नियाल्दा पूँजीजबारमा सूचिकरण भएर उत्पादन तथा प्रशोधन र कारोबार समूहबाट मात्रै हालसम्म आईपीओमा आएका ३३ कम्पनी डिलिष्टेड भएका छन् । यो भनेको आईपीओमा प्रतिकित्ता एक सयका दरले गरेको लगानी पनि सुरक्षित हुँदैन भन्ने यथेष्ट प्रमाण हो । यो भन्दा पनि अझै बढी लगानीकर्ताहरुको लागि जोखिम भनेको हाल दोस्रो बजारमा मौलाएको प्रि–आईपीओ पनि हो ।  

हाल दोस्रो बजारमा खुलेआम प्रि–आईपीओको सेयर त्यो पनि प्रिमियम मूल्यमा बिक्री वितरण हुँदै आएको छ । नेप्सेको ३१ वर्षको इतिहासमा हालसम्म उत्पादन तथा प्रशोधन समूहका मात्रै ३३ कम्पनी डिलिष्टेड हुनु भनेको सरदर हरेक वर्ष एउटा कम्पनी डिलिष्टेड हुनु हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसको पछिल्लो ज्वलन्त उदाहरण श्रीराम सुगर मिल्स हो । यसैगरी, नेप्सेबाट डिलिष्टेड हुनेमा सरकारी स्वामित्वको नेपालको सबै भन्दा पहिलो आईपीओ आएको कम्पनी विराटनगर जुट मिल्स हो ।  

त्यसैगरि, रघुपति जुटमिल्स, हिमाल सिमेन्ट कम्पनी, मोरङ सुगर मिल्स, बुटवल स्पिनिङ मिल्स , गोरखकाली रवर उद्योग , ज्योति स्पिनिङ मिल्स, सयपत्री कलर ल्याब , नेपाल खाद्य उद्योग , हिमालयन टेक्सटायल, नेकोन एयरलाइन्स, नेपाल फिल्म उद्योग तथा नेशनल प्रो एण्ड इको डेभलपमेन्ट कम्पनी हुन् ।  

यी कम्पनीहरु भनेका धितोपत्र बजारमा सर्वसाधारणलाई सेयर निष्कासन गरेपछि सञ्चालन हुन नेसकेर नेप्सेले लिष्टिङ कम्पनीबाट हटाएका कम्पनी हुन्  

यी हुन हालसम्म डिलिष्टेड भएको उत्पादन तथा प्रशोधन र कारोबार समूहका ३३ कम्पनीः  

 

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.