सोमबार, भाद्र २२,२०८३ 04:10:25
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 04:10:25
Bizshala
Global IME Bank Limited

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण,८ वाणिज्य बैंकसहित ३१ कम्पनी समूह ‘ए’मा

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गिकरण,८ वाणिज्य बैंकसहित ३१ कम्पनी समूह ‘ए’मा
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गरेको छ।

नेप्सेले सधतोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण गरेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘ए’ समूहमा ३१ वटा कम्पनी परेका छन् । यो वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी रहेका छन् ।  

‘बी’ समूहमा ३५ वटा संस्थालाई राखिएको छ। जसमा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन्।

यस्तै ‘जी’ समूहमा ७० कम्पनी र १३५ वटा कम्पनी जेट’समूहमा परेका छन् ।  

सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने नेप्सेले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.