शनिबार, असार २१,२०८२ 05:32:34
  • शनिबार, असार २१,२०८२ 05:32:34
Global IME Bank Limited

नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार

Hyundai Nepal
नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । आज कारोबारको पहिलो दिनमा नेपाल स्टट एक्सचेञ्जमा दोहोरो अंकमा उछाल आएको छ । गत बिहिबारकै बजार सेन्टीमेन्टलाई कायम राख्दै आज नेप्सेमा उछाल आएको छ ।  

कारोबार सकिन १ घण्टा बाँकी रहँदा नेप्से करिब २५ स्य विन्दु नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७० प्रतिशत अर्थात ६५.५६ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ४९०.५२ विन्दुमा पुगेको छ । आज १७८ कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने ५९ कम्पनीको सेयरमूल्य घटेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

३ घण्टाको कारोबार समयमा २ करोड ९४ लाख कित्ता बढी सेयरको १० अर्ब ९५ करोड बढीको कारोबार भएको छ । यो बेलासम्म युनाइटेड मोदी हाईड्रो र समता घरेलु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनीको रुपमा भने सिक्लेस हाईड्रो रहेको छ । कम्पनीको सेयरमूल्य ८.४४ प्रतिशतले ओरालो लागेको छ ।  

यो अवधिसम्म सोल्टी होटलको सर्वाधिक अर्थात २८ करोड ५८ लाख बढीको सेयर कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ ।  

विगत एक सातादेखि नेपाली सेयर बजारमा निरन्तर उछाल देखिएको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन र सरकार परिवर्तन जस्ता घटनाले बजारमा सकारात्मक प्रभाव परेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.