सोमबार, भाद्र १,२०८३ 09:45:16
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:45:16
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार

Prabhu Bank Limited
नेप्से परिसूचक २५ सय विन्दु नजिक, १० अर्ब माथिको कारोबार
New Office

काठमाण्डौ । आज कारोबारको पहिलो दिनमा नेपाल स्टट एक्सचेञ्जमा दोहोरो अंकमा उछाल आएको छ । गत बिहिबारकै बजार सेन्टीमेन्टलाई कायम राख्दै आज नेप्सेमा उछाल आएको छ ।  

कारोबार सकिन १ घण्टा बाँकी रहँदा नेप्से करिब २५ स्य विन्दु नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७० प्रतिशत अर्थात ६५.५६ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ४९०.५२ विन्दुमा पुगेको छ । आज १७८ कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने ५९ कम्पनीको सेयरमूल्य घटेको छ ।  

CG Motors

३ घण्टाको कारोबार समयमा २ करोड ९४ लाख कित्ता बढी सेयरको १० अर्ब ९५ करोड बढीको कारोबार भएको छ । यो बेलासम्म युनाइटेड मोदी हाईड्रो र समता घरेलु लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनीको रुपमा भने सिक्लेस हाईड्रो रहेको छ । कम्पनीको सेयरमूल्य ८.४४ प्रतिशतले ओरालो लागेको छ ।  

यो अवधिसम्म सोल्टी होटलको सर्वाधिक अर्थात २८ करोड ५८ लाख बढीको सेयर कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ ।  

विगत एक सातादेखि नेपाली सेयर बजारमा निरन्तर उछाल देखिएको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन र सरकार परिवर्तन जस्ता घटनाले बजारमा सकारात्मक प्रभाव परेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.