शुक्रबार, असार १३,२०८२ 12:51:54
  • शुक्रबार, असार १३,२०८२ 12:51:54
Global IME Bank Limited

नेप्से–३० सञ्चालनमा आउने छैन कुनै छाँटकाट,कार्यविधि आएको नै बितिसक्यो ६ महिना

Hyundai Nepal
नेप्से–३० सञ्चालनमा आउने छैन कुनै छाँटकाट,कार्यविधि आएको नै बितिसक्यो ६ महिना
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को नयाँ इन्डेक्स नेप्से ३० आउने कुनै छाँटकाट देखिएको छैन । नयाँ इन्डेक्सको कार्यविधि बनेको ६ महिना बितिसक्दा पनि सञ्चालनमा आउने कुनै लक्ष्यण नदेखिएको हो ।  

नेप्से–३० का लागि आवश्यक कार्यविधि गत भदौ २५ गते आफ्नो सञ्चालक समितिबाट पास गरेको थियो । 

त्यसबेला नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्से–३० व्यवस्थापनका लागि ७ सदस्यीय समिति बन्ने र समितिले आवश्यक ठानेमा बाहिरबाट अन्य २ जना विज्ञलाई नेप्से–३० को व्यवस्थापनका लागि बस्ने बैठकमा बोलाउन पनि सक्ने बताएका थिए ।  

यस्तै उनले आवश्यकता परेमा सञ्चालक समितिको स्वीकृतिमा अन्तर्राष्ट्रिय विज्ञलाई बोलाउन पनि सकिने बताएका थिए । ‘अब यो समितिले काम गरेपछि बढीमा १ महिना वा असोजभित्र नेप्से–३० सञ्चालनमा आउन सक्छ ।’ उनले त्यसबेला भनेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

समितिको काम कर्तव्यमा अन्तर्राष्ट्रिय अभ्यासहरु अध्ययन गरी यस कार्यविधिलाई समयसापेक्ष बनाउने रहेको छ । समितिले नयाँ इन्डेक्स विकास र हाल सञ्चालनमा रहेका इन्डेक्सलाई समयसापेक्ष बनाउने, नयाँ इन्डेक्स परीक्षण गरी सञ्चालनार्थ सञ्चालन समिति समक्ष पेस गर्नेछ । उनले यसो भनेको पनि ६ महिना बितिसकेको छ ।  

प्रवक्ता मूराहरी पराजुलीका अनुसार हाल इन्डेक्स व्यबस्थापनको समिति बनेको छ । तर सञ्चालका समितिको बैठक बस्न नसकेको कारण नेप्से–३० सञ्चालनमा आउन नसकेको पराजुली बताउँछन् ।  

धितोपत्र बोर्डले गत साउनमा नै नेप्से–३० ल्याउन मौखिक सहमति दिएको थियो । नेप्सेका अध्यक्ष शोभाकर पौडेलले बोर्ड बैठक भने नियमित बसेको दाबी गरे । उनले भने,‘आबश्यक परेको खण्डमा बैठक बसेको नै छ । आबश्यक तयारी नपुगेर नेप्से–३० आउन नसको हो ।’  

त्यस्तै नेप्सेको पुर्नसंरचना र आईपीओको ओपनिङ मूल्य नेटवर्थको डेढ गुणा बनाउने कार्य पनि अलमलनमा नै परेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.