बुधबार, बैशाख १६,२०८३ 10:47:48
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 10:47:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रिले भन्यो-'हामी पूर्ण स्वस्थ र सुरक्षित छौं, कोही आत्तिनुपर्दैन'

Bizshala
हिमालयन रिले भन्यो-'हामी पूर्ण स्वस्थ र सुरक्षित छौं, कोही आत्तिनुपर्दैन'
Shivam Cement

काठमाण्डौ । व्यवसायी दीपक भट्ट पक्राउ प्रकरणपछि हिमालय-रि इन्स्योरेन्सलाई नियामकले समस्याग्रस्त घोषणा गर्ने भ्रमहरु छरिएसँगै कम्पनीले मुख खोलेको छ ।  

केही मिडियाहरुले हिमालयन-रि समस्याग्रस्त हुँदैछ भनेर लेखेको र त्यसकै आधारमा लगानीकर्ताहरुले धारणा बनाउन थालेपछि फैलिएको भ्रमलाई चिर्न कम्पनीले औपचारिक रुपमा मुख खोलेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीका कार्यकारी निर्देशक तथा सूचना अधिकारी शिशिर गैरे र कम्पनी सचिव तथा कार्यकारी निर्देशक सन्तोष केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरु पक्राउ पर्दैमा कम्पनीको कार्य सञ्चालन, वित्तीय अवस्था तथा ग्राहक र सरोकारवालाप्रति रहेका दायीत्वहरु पूरा गर्ने कम्पनीको क्षमतामा कुनै प्रभाव नपरेको प्रष्ट पारेका छन् । 'यस हिमालयन रिइन्स्योरेन्स लिमीटेडको बलियो बित्तीय अवस्था, स्वस्थ तरलता अनुपात तथा उच्च जोखिम व्यवस्थापनले गर्दा नियामकीय मापदण्डहरु सहज रुपमा पूरा गर्न सक्षम छ र कम्पनीको वित्तीय सूचकहरु सुरक्षित र सुदृढ रहेका छन् ।' विज्ञप्तिमा भनिएको छः'यस कम्पनीका आउने सबै दाबी  तथा दायीत्वहरु नियमित प्रक्रियाअनुसार निरन्तर रुपमा भुक्तानी भइरहेका छन्, र कम्पनीले आफ्ना प्रतिबद्धताहरु पूरा गर्दै आफूलाई सवल र सक्षम कम्पनीको रुपमा स्थापित गरेको छ ।' 

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको व्यवसायिक गतिविधिहरु स्थिर तथा अवरोधरहित रुपमा सञ्चालन भइरहेका उल्लेख गर्दै उच्च व्यवस्थापकीय अगुवाईमा सम्पूर्ण कर्मचारीहरुमार्फत पूर्ण रुपमा सञ्चालित रहेको प्रष्टाइएको छ ।  

'कम्पनी स्वस्थ अवस्थामा छ ।' विज्ञप्तिमा अगाडि भनिएको छः 'कुनै कार्यकारी पदाधिकारीको अस्थायी अनुपस्थिति वा विदेश भ्रमणले कम्पनीको सञ्चालन वा सुशासनमा कुनै असर नपारेको र नपर्ने कुरा समेत जानकारी गराउन चाहन्छौं ।'  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X