सोमबार, जेष्ठ ४,२०८३ 01:59:33
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:59:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजार अझै तयार छैन, १५% सर्किटले झट्का दिनसक्छ !

चन्द्र साउद भन्छन् :'एकैपटक सीमा बढाउँदा साना लगानीकर्ता बढी जोखिममा पर्छन'

Laxmi Sunrise Bank Limited
बजार अझै तयार छैन, १५% सर्किटले झट्का दिनसक्छ !
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा लागू हुन लागेको नयाँ सर्किट व्यवस्थाको नियमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। 

उनले कम्पनीको सेयरमूल्यमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍याइएको सर्किट सीमाले बजारमा अनावश्यक उतारचढाव निम्त्याउनसक्ने बताएका छन्।

Bizshala
New Office
CG Motors

नेपाल धितोपत्र बोर्ड (सेबोन)को स्वीकृतिपछि नेप्सेले सूचीकृत कम्पनीहरूको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ भएपछि सर्किट लाग्ने व्यवस्था लागू गर्न लागेको हो। यसअघि कम्पनीको मूल्य १० प्रतिशतसम्म घटबढ हुँदा सर्किट लाग्ने व्यवस्था कायम थियो।

बिजशालासँग कुरा गर्दै साउदले नेपालको पूँजीबजार अझै परिपक्व नभइसकेको अवस्थामा यस्तो व्यवस्था लागू गर्नु जोखिमपूर्ण हुनसक्ने बताए। उनका अनुसार बजारमा सहभागी धेरैजसो साना लगानीकर्ताको क्षमता कमजोर रहेको र उनीहरू बढी जोखिममा पर्ने सम्भावना उच्च हुन्छ। “बजार परिपक्व नभएको अवस्थामा साना लगानीकर्ताका लागि घाटाको सम्भावना बढी हुन्छ, नाफा हुँदा पनि उनीहरू उत्तिकै जोखिममा रहन्छन्,” उनले भने।

साउदले सर्किट सीमामा गरिएको परिवर्तनलाई एकैपटक ठूलो फड्कोको रूपमा व्याख्या गरे। उनकाअनुसार यस्ता नीतिगत परिवर्तन विस्तारै लागू गर्नुपर्नेमा एकैपटक ५० प्रतिशतले सीमा बढाइनु हतारो निर्णय जस्तो देखिन्छ। “बिस्तारै लैजानुपर्ने विषयलाई एकैपटक अगाडि बढाइएको अनुभूति हुन्छ,” उनले भने, “यसले बजारमा ठूलो उथलपुथल ल्याउनसक्छ।”

Garima Development Bank
Shivam Cement
IME remit

उनले साना लगानीकर्ताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। बजारमा लगानी क्षमताका आधारमा कमजोर समूहलाई जोगाउने खालका नीतिहरू आवश्यक हुने उनको भनाइ छ। यस्ता अवस्थामा ठूलो उतारचढावले साना लगानीकर्तालाई बढी असर पार्ने उनले चेतावनी दिए।

साउदले नयाँ व्यवस्था ल्याउने समयप्रति पनि प्रश्न उठाए। उनका अनुसार अहिले बजेट घोषणा नजिकिएको छ भने नयाँ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने चरणमा छ। यस्तो संवेदनशील समयमा नियामक निकायले सरकारको नीतिगत दिशासँग तालमेल मिलाएर कदम चाल्नुपर्नेमा हतारमा निर्णय गरिएको जस्तो देखिएको उनले बताए।

यद्यपि, निर्णय लागू भइसकेपछि यसको प्रभावलाई व्यवहारमा हेरेर आवश्यक सुधार गर्न सकिने उनको सुझाव छ। “अब लागू भइसकेपछि बजार र लगानीकर्तामा कस्तो असर पर्छ, त्यसको आधारमा आवश्यक सुधार गर्न सकिन्छ,” उनले भने।

समग्रमा साउदले १५ प्रतिशत सर्किट सीमा हालको अवस्थामा उपयुक्त नभएको संकेत गरेका छन्। उनका अनुसार बजार स्थिर र परिपक्व भएपछि मात्रै यस्ता परिवर्तनले सकारात्मक परिणाम दिन सक्छन्। अहिलेको अवस्थामा भने यसले बजारलाई थप अस्थिर बनाउने जोखिम रहेको उनको निष्कर्ष छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.