शनिबार, फाल्गुन १०,२०८१ 10:14:06
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:14:06
IME remit
Global IME Bank Limited

नेप्सेमा हाइड्रो समूहको सर्वाधिक कारोबार, यस्तो छ आकर्षण देखिनुको कारण

Hyundai Nepal
नेप्सेमा हाइड्रो समूहको सर्वाधिक कारोबार, यस्तो छ आकर्षण देखिनुको कारण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनाको तथ्याङ्कअनुसार हाइड्रोपावर कम्पनीहरुको कुल १ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।  

राष्ट्र बैंकका अनुसार नेप्सेमा कुल २७० वटा कम्पनीहरु सूचीकृत छन् । जसमा हाइड्रोपावर कम्पनीहरुमात्रै ९१ वटा छन् । सेयरबजारमा ३३.७० प्रतिशत हाइड्रो कम्पनी हुँदा लगानीकर्ताको नजरमा हाइड्रो कम्पनी नै पर्ने गरेको छ ।  

गत वर्षको तुलनामा हाइड्रोपावर कम्पनीहरुको कारोबार रकम ५४.६२ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यस अवधिसम्म हाइड्रो कम्पनीहरुको कुल १ खर्ब १५ अर्ब ९८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।  

नेप्सेमा १३ वटा समूहका कम्पनीहरु सूचीकृत छन्, जसमा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु रहेका छन् । लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार गर्दा हाइड्रो कम्पनीहरु रोज्जुको मुख्य कारण संख्या धेरै हुनु पनि हो । बजारमा जुन समूहका कम्पनीहरु धेरै छन्, सोही समूह नै बढी चर्चामा रहेका हुन्छन् ।  

अधिकांश लगानीकर्ताहरुले सेयर किनबेचमा बढी हाइड्रो छान्नुको मुख्य कारण संख्या धेरै हुनु र बजारमा छानीछानी लगानी गर्न विकल्प हुनु हो । साथै अल्पकालिन लगानीका लागि पनि लगानीकर्ताहरु बढी हाइड्रो कम्पनी नै छान्ने गर्दछन् ।  

बजारमा हाइड्रो कम्पनीको संख्या बढी हुनु र अन्य समूहको तुलनामा राइट सेयर समेत आउने भएकाले कारोबार बढ्न पुगेको बजार जानकार विरेन्द्र विष्ट बताउँछन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘तुलनात्मक रुपमा नेप्सेमा अन्य समूहका कम्पनीहरु थोरै छन्, भने हाइड्रो कम्पनीहरु बढी छन्, यसकारण लगानीकर्ताको नजरमा हाइड्रो पर्नु स्वभाविक नै हो’ उनले भने, ‘साथै हाइड्रो कम्पनीहरुले राईट सेयर निकालिरहेका हुन्छन्, लगानीकर्ताहरुले राइट सेयरकै लागि भएपनि हाइड्रो रोजेका हुन्छन्, यसले गर्दा दोस्रो बजारमा कारोबार बढी देखिन पुगेको हो ।’

हाइड्रो कम्पनीहरुले राइट सेयर जारी गर्दा सेक्टर वाइज बुल भएपनि छोटो समयमै फेरी वियरिस हुन सक्ने उनी बताउँछन् ।  

साथै बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा हाइड्रो सेक्टर चल्ने विष्टको भनाई छ । ‘पछिल्लो समय बजारमा अल्पकालिन लगानीकर्ताको संख्या बढी छ, छोटो समयमा नै बढी नाफा कमाउन खोज्नेले हाइड्रो रोजेको देखिन्छ’ उनले भने, ‘अहिले बजारमा फन्डामेन्टल भन्दा टेक्निकल एनलायसिस गरेर बजारमा लगानी गर्ने प्रवृत्ति बढ्दो छ । लो क्याप भएका कम्पनीहरु बजारमा चल्छन्, जसमा अधिकांश हाइड्रो कम्पनीहरु नै छन् ।’

त्यस्तै, अर्का बजार जानकार महेश रिजाल पनि तुलनात्मक रुपमा हाइड्रो कम्पनीहरु बढी हुँदा कारोबार रकम बढी देखिन पुगेको बताउँछन् । नेप्सेमा सूचीकृत हाइड्रो कम्पनीको संख्या धेरै भएकाले तथ्याङ्कमा ‘टर्न ओभर’ बढी देखिनु स्वाभाविक रहेको उनको भनाई छ ।  

‘संख्याको आधारमा हाइड्रो कम्पनी बढी हुँदा नेप्सेको फ्लोरसिटमा सो समूहको कारोबार रकम बढी देखिन पुगेको हो’ उनले भने, ‘तर लगानीकर्ताहरुले हाइड्रो सेक्टरबाट नाफा नै बुक गरेर सेयर किनबेच गर्ने अवस्था छैन । अझैपनि कतिपय हाइड्रो कम्पनीको सेयरमूल्य बटम लेभल मै छ ।’

धेरैजसो हाइड्रो कम्पनीहरुको ‘लक इन पिरियड’ खुल्ने समय भएको हुँदा सेयरमूल्य झनै खस्किने डरले धमाधम सेयर बिक्री गरेको हुन सक्ने रिजालको अनुमान छ ।  

‘कतिपय हाइड्रो कम्पनीहरुको लक इन अवधि खुल्ने समय भएको हुँदा अझै सेयरमूल्य घट्ने डरले सेयर बेचेको हुन सक्छ’ उनले भने, ‘बजारमा सेक्टर रोटेट भइरहेको हुन्छ । एउटा सेक्टरबाट नाफा बुक गरेर अर्को सेक्टरमा लगानी गर्न होम्मिएका हुन्छन्, तर बुझेका लगानीकर्ताहरुले वर्षायाममा हाइड्रो सेक्टरमा लगानी गर्न रुचाउँदैनन् ।’

अबको समयमा आधारभुत पक्ष बलिया भएका कम्पनीहरु चल्ने रिजालको भनाई छ । ‘राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने हो भने अबको समयमा आधारभुत पक्षमा बलिया भएका कम्पनीहरु चल्नछन्’ उनले भने, ‘अहिलेको समयमा लो क्याप भएका कम्पनीहरु बढी चलिरहेको छ । तर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयरबजार सुधार्ने खालका नीति अवलम्बन गर्ने हो भने आगामी दिनमा आधारभुत पक्ष बलिया भएका कम्पनीहरु चम्किनेछन् ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.