सोमबार, श्रावण ११,२०८३ 10:19:15
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:19:15
Bizshala
Global IME Bank Limited

नेप्सेको सीईओ पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावधि थप

नेप्सेको सीईओ पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावधि थप
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावथि थप गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।  

जसअनुसार सीईओ पदका लागि आवेदन दिने अन्तिम मिति फागुन १८ तोकिएको थियो । तर, उक्त अवधिमा ३ दिन सार्वजनिक बिदा परेकाले आवेदन दिने समयावधि लम्ब्याइएको हो । अब इच्छुक आवेदकले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

सीईओ पदका लागि आवेदन दिने व्यक्ति अर्थर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात बर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र बर्षको कार्य अनुभव भएको हुनु पर्नेछ । 

यस्तै आवेदकको उमेर ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले काठमाण्डौको सिंहदरबारमा रहेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनु पर्नेछ । आवेदन दिदा गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.