शनिबार, फाल्गुन १०,२०८१ 10:06:32
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:06:32
IME remit
Global IME Bank Limited

दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा पुगिसकेको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकहरु छन् ।  

धितोपत्र दर्ता तथा निष्कासन नियमावली बमोजिम कुनै पनि संस्था वा कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्दा अंकित मूल्य १०० रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ ।  

कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सर्वसाधारण लगानीकर्ताहरुमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गरेका हुन्छन् । सर्वसाधारणले प्रतिकित्ता सय रुपैयाँ लगानी गरेका केही कम्पनीको सेयरभाउ बर्षौ वितिसक्दा पनि अंकित मूल्यकै हाराहारीमा छ । जसमा लगानीकर्ताहरुले आफ्नो लगानीबाट प्रतिफल पाउन सकिरहेका छैनन् ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश हाइड्रोपावर कम्पनी र बाणिज्य बैंकका सेयर सस्तिएका छन् । ९ वटा वाणिज्य बैंक, १२ हाइड्रो कम्पनी र एक लगानी कम्पनीको सेयरभाउ करिब आईपीओकै मूल्यमा पाउन थालिसकेको छ ।  

तर कसैलाई दोस्रो बजारमा लगानी गर्न मन छ भने यस्तो कम्पनीको स्टक खरिद गर्न यो उपयुक्त अवसर हुन सक्छ । सूचीकृत कम्पनीहरुमध्ये करिब दुई दर्जन कम्पनीको सेयर आईपीओकै मूल्यमा पाईन्छ ।  

तर दोस्रो बजारमा सेयरभाउ सस्तो छ भन्दैमा लगानी गरिहाल्नु उचित नहुन सक्छ । लगानीकर्ताले कम्पनीको तथ्याङ्क विश्लेषण गरी आफैंले विचार गरेर त्यस्ता कम्पनीहरुमा लगानी गर्दा उचित हुन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

पछिल्लो समय बजारमा बढी ‘लो क्याप’ भएका कम्पनीहरु नै बढी चल्ने गरेको छ । नेप्सेमा रहेका १३ समूहका कम्पनीहरुमध्ये वाणिज्य बैंकहरु ‘लार्ज क्याप’ भएका कम्पनीमा गनिन्छन् भने हाइड्रो कम्पनीहरु ‘लो क्याप’ भएका कम्पनीमा गनिन्छन् ।  

यसर्थ सेयरभाउ सस्तिदै जाँदा लो क्याप भएका कम्पनीको विश्लेषण गरी लगानी गर्न यो उचित समय हुन सक्छ । बजारमा अहिले दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ताको हावी छ । लगानीकर्ताहरु कुनै कम्पनीको सेयर खरिद गरी होल्ड गर्न सक्दैनन् । जति सक्दो छोटो समयमा नै प्रतिफल पाउन खोज्छन् जसले गर्दा आफ्नो लगानी झनै डुब्ने अवस्था आउन सक्छ । यसकारण आफुले खरिद गर्न खोजेको कम्पनीको सेयरभाउको चार्ट हिस्ट्रि, कम्पनीको ईपीएस, बुकभ्यालु, सेयर क्यापिटल पनि हेर्न महत्वपूर्ण हुन्छ ।  

अहिले सस्तिदै गएको हाइड्रो कम्पनीको तथ्यांक विश्लेषण गरी लगानी गर्दा उत्कृष्ट प्रतिफल पाउन सक्ने बढी सम्भावना रहन्छ । अहिले बजारमा अल्पकालिन लगानीका लागि बढी हाइड्रो कम्पनी नै बढी रोजाईमा पर्ने गरेको छ । बजारमा प्राविधिक विश्लेषण गर्न सक्ने लगानीकर्ताहरुले हाइड्रो कम्पनीका सेयरमा बढी लगानी गरेका हुन्छन् ।  

दोस्रो बजारमा अहिले १२ वटा हाइड्रोपावर कम्पनीको सेयर आईपीओकै मूल्यमा पाइन्छन् । तर सस्तोमा पाइहाल्दैमा कुनै अध्ययन नै नगरी झट्टै लगानी गर्नु पनि उचित हुँदैन । लगानीकर्ताले आफैंले अध्ययन गरी यस्ता कम्पनीको सेयरमा लगानी गर्नुपर्ने हुन्छ ।  

त्यस्तै, पछिल्लो समय वाणिज्य बैंकहरुको पनि वित्तीय सूचक राम्रो हुँदाका बावजुत सेयरभाउ सस्तिदै गएको छ । अहिले लगानीकर्ताहरुको रोजाईमा वाणिज्य बैंकहरु खासै पर्दैनन् ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि सर्वाधिक कारोबार हुने समूहमा हाइड्रो, बीमा, होटल तथा पर्यटन जस्ता समूहहरु बढी पर्ने गरेको छ । तर केही सेयर विज्ञहरु भने दीर्घकालिन लगानीका लागि वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नु नै उपयुक्त हुने बताउँछन् ।  

आगामी वर्षहरुमा देशको अर्थतन्त्र चलायमान हुँदा बैंकहरुको खराब कर्जा उठ्ने सम्भावना रहन्छ । खराब कर्जा अनुपात घटेपछि बैंकको प्रोभिजनिङ रकम नाफामा गणना हुन जान्छ । यस्तो अवस्थामा बैंकहरुले भविष्यमा उत्कृष्ट प्रतिफल दिन सक्ने सम्भावना बढी हुन्छ । यसकारण दीर्घकालिनका लागि बैंकको सेयरमा नै लगानी गर्न उपयुक्त अवसर हुन सक्ने बजार जानकारहरुको भनाई छ ।  

बजारमा अहिले लार्ज क्याप भएका वाणिज्य बैंकहरुको सेयरभाउ नै सस्तिएको छ । सबैभन्दा प्रभु बैंकको सेयरभाउ १४७ रुपैयाँ छ । जसमा बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । बजारमा पेड अप क्यापिटल बढी भएका कम्पनीको सेयर फालाफाल हुन जाँदा मूल्य पनि सस्तिदै जाने सम्भावना बढी हुन्छ ।  

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक,ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक र लक्ष्मी सनराईज बैंकको सेयरभाउ अंकित मूल्य अर्थात् आईपीओकै मूल्य हाराहारीमा छ ।  

प्रतिसेयर आम्दानीले सेयरभाउलाई प्रभाव पार्छ ?

प्रायः सेयरभाउ कम भएका कम्पनीहरुको प्रतिसेयर आम्दानी (ईपीएस) कम नै रहेको देखिन्छ । दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको ईपीएस कति छ, त्यो बुझ्न जरुरी हुन्छ ।  

यदि आफुले लगानी गर्न लागेको कम्पनीको ईपीएस ऋणात्मक भएको अवस्थामा त्यस्ता कम्पनीको सेयरभाउ झट्ट नबढ्न पनि सक्छ । प्रतिसेयर आम्दानीले मुख्यतः कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउँने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमखु सूचकको रुपमा लिइन्छ ।  

तर पछिल्लो समय बजारमा आधारभूत पक्षको विश्लेषण गर्ने लगानीकर्ताहरु कम नै छन् । ईपीएस थोरै भएका कम्पनीका सेयरभाउ पनि चम्किएको थुप्रै उदाहरण छन् । तर दीर्घकालिन लगानी गर्ने हो भने ईपीएस धेरै भएको कम्पनी हेर्दा उचित हुन्छ ।  

ईपीएस धेरै भएका कम्पनीहरुको सेयरभाउ ह्वात्तै घट्ने सम्भावना कम रहन्छ । यस्तो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा दीर्घकालिन लगानीकर्ताले यस्ता कम्पनी छानेका हुन्छन् ।  

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्याङ्कमा व्यक्त गर्दछ । यसकारण प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो । दीर्घकालिन लगानी गर्न कम्पनी छान्ने हो भने ईपीएस बढी भएका कम्पनी छान्दा उपयुक्त हुन सक्छ ।

नोटः सेयर बजार् जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.