काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डौ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार मिति २०८२ फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि सबै प्रकारका रात्रीकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। उक्त समयपछि सम्पूर्ण व्यवसाय बन्द गर्न तथा गराउन सम्बन्धित सरोकारवालाहरूलाई निर्देशन दिइएको छ।
निर्वाचनको अवधिमा शान्ति–सुरक्षा व्यवस्था सुदृढ र प्रभावकारी बनाउन यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले निर्णयको पूर्ण पालना गर्न व्यवसायी, सरोकारवाला निकाय तथा सर्वसाधारणमा आग्रह समेत गरेको छ।
.jpg)

