भारतीय पर्यटकको उभारले होटल उद्योगमा ‘बुम’
–रविन ठकुरी काठमाडौं । भारतका विभिन्न शहरमा बढ्दो गर्मी, विद्यालय–कलेजको बिदा, धार्मिक यात्रा र नजिकैको तुलनात्मक सस्तो गन्तव्यको आकर्षणले नेपालमा भारतीय पर्यटकको लहर देखिएको छ। यही लहरले काठमाडौं, पोखरा, चितवनको सौराहा लगायतका मुख्य पर्यटकीय गन्तव्यका होटलहरू भरिभराउ हुन थालेका छन्।मे महिनामा मात्रै भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल आएका कुल १ लाख...

